इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा

काठमाडौँ । इङल्याण्डको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन् । हालै सम्पन्न युरोकपमा फाइनलमा पुगेर पराजित भएपछि साउथगेटले राजीनामा दिएका हुन् ।

 

उनको नेतृत्वमा इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेर पराजित भएको थियो । २०१६ को सेप्टेम्बर २७ देखि इङल्याण्डको प्रशिक्षक बनेका साउथगेटको नेतृत्वमा इङल्याण्डले कुल १०२ खेल खेलेको थियो । जसमा ६१ खेल जितेको छ भने २४ खेल बराबरी खेलेको थियो । त्यस्तै १७ खेलमा हार बेहोरेको थियो ।

 

५३ बर्षिय साउथगेटको इङल्याण्डको प्रशिक्षकको रुपमा आगामी डिसेम्बरसम्म सम्झौता रहेको थियो । तर युरोकपको फाइनलमा हारपछि उनले प्रशिक्षक छोड्ने अनुमान गरिएको थियो ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१