सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।विहिबार सुन तोलाको ३ सयले घटेर एक लाख ४९ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्बाधिक मुल्य हो ।

 

 

यस अघि बुधबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ८ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३५ रुपियाँ घटेर तोलाको १८६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१