महिला एशिया कप: पाकिस्तानमाथि भारत ७ विकेटले विजयी

काठमाडौँ । जारी महिला एशिया कपमा भारतले विजयी शुरुवात गरेको छ । समुह ए अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछाएको भारतले १४.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

 

यस अघि पाकिस्तानले १९.२ ओभरमा अल आउट हुदै केवल १०८ रन बनाएको थियो । यस अघि शुक्रबार नै सम्पन्न समुह अन्तर्गतको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको थियो । अब भारतले अर्को खेल आइतबार युएईसँग खेल्ने छ भने आइतबार नै पाकिस्तानले नेपालसँग खेल्ने छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१