भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तराष्ट्रिय

भैरहवा । भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा आउने सर्वसाधरणले मोटरसाइकल पार्किङ गरेवापत अहिले ३० रुपैया प्रति घण्टा तिर्नुपर्छ । यस्तै कारले ६०, मिनिबसले ८० र बस ट्रकले १२० तिर्नुपर्छ । यो दर लागु भएको केही महिना मात्रै हुदा अत्यधिक भएको भनि सर्वत्र आलोचना भइरहेको छ ।

 

 

यस अघि २०८० जेठ १० गतेदेखि फागुन ३० गते सम्म भने यहाँ पार्किङको शुल्क लाग्दैन थियो । पुरानो ठेक्का रद्द भई विमानस्थल कार्यालयले नयाँ ठेक्काको टेण्डर नभएकोले सर्वसाधरणले निशुल्क पार्किङ गरिरहेका थिए । २०८० जेठ अगाडि भने मोटरसाइकलको पार्किङ शुल्क ५, कारको १०, मिनिबसको २० र बस÷ट्रकको ४० रुपैया लिने गरिन्थ्यो ।

 

 

केही महिना देखि साप्ताहिक एउटा मात्रै उडान गरिरहेको विमानस्थलमा अहिले भने एक महिना यता कुनै उडान भएको छैन । आन्तरिक उडानमा सिमित भएको यो विमानस्थलको स्तरोन्नतीसंगै अन्तराष्ट्रिय निर्देशिका अनुसार पार्किङ शुल्क र बहाल शुल्कमा भारी वृद्धि गरेको छ । जस्को कारण सर्वसाधरण मर्कामा परेका छन ।

 

 

विमानस्थल प्रशासनलाई समेत विगतको तुलनामा पार्किङ अप्रत्यासित वृद्धि भएको महशुश भएपनि यसबारे सुनुवाई गर्न सकेको छैन । नियावाली २०८० अनुसार आन्तरिक र अन्तराष्ट्रिय गरेर २ वटा वर्ग मात्रै छ । विमानस्थलको स्तरोन्नतीसंगै अन्तराष्ट्रिय विमानस्थल कायम भएकोले सोको निर्देशिका अनुसार पाकिङ सहित सबै शुल्कमा वृद्धि गर्न वाध्य भएको विमानस्थलका अधिकृत संजिव ज्ञवालीले बताए ।

 

 

उनका अनुसार विमानस्थल अन्तराष्ट्रिय भएसंगै विमानस्थलमा अन्तराष्ट्रिय उठान हुन नसकेपनि पार्किङ, विमानस्थलभित्रका पसलहरुको भाडा, विज्ञापनको शुल्क निकै बढेको छ ।यसअघिको मापदण्ड अनुसार प्रतिवर्गमिटर विज्ञापनको लागि ५ सय रुपैंया शुल्क थियो भने अहिले वृद्धि भई ५ हजार रुपैंया बनाईएको छ । जसका कारण विज्ञापनदाता तथा पसल संचालक, सेवाग्राही सबैलाई गाह्रो भएको छ ।
विमानस्थलभित्र संचालनमा रहेका विभिन्न पसल स्थलको भाडा समेत निकै वृद्धि भएको छ । जसका कारण विमानस्थललाई आधार बनाएर लगानी गरेका लगानीकर्ता थप मारमा परेका छन् ।

 

 

 

“निर्देशिका अन्तराष्ट्रिय मापदण्ड अनुसार भयो तर विमान संचालन आन्तरिक मात्र हुंदा असजिलो भयो हामीले  केही समयका लागि निर्देशिका शंसोधानका लागि माथि अनुरोध समेत गरेका छौं । ”  अधिकृत ज्ञवालीले भने । उनले हालको ठेक्का अनुसार कम्पनि नियमित रुपमा नियमानुसार त्रैमासिक रुपमा भुक्तानी गरिरहेको बताए ।

 

 

उनका अनुसार विमानस्थल पार्किङ लागि भैरहवामा रहेको ईब्रहिम कन्ट्रक्शन एण्ड सप्लायर्स प्रा.लिले वार्षिक २४ लाख ८२ हजार ५ सयमा सम्झौता गरिएको छ । जुन विगतको तुलनामा ३ गुणा बढी हो ।

 

 

“विमानस्थलको स्तरोन्नती अनुसार पार्किङ शुल्क निर्धारण गर्दा स्वभाविक रुपमा महंगो पर्न गयो यो हाम्रो वाध्यात्मक अवस्था हो । अधिकृत ज्ञवालीले भने । निर्देशिका अनुसार न्युनतम् रकम २४ लाख ८२ हजार रहेको छ । “तिन पटक सम्म ठेक्का निकाल्दा पनि कसैको निवेदन नपरेपछि महंगो भयो भनेर सबै पछि हटे । अन्त्यमा एउटा कम्पनीले मात्रै टेण्डर दिएपछि  सम्झौता गरेर काम अघि बढेको छ ।

 

 

विमानस्थलभित्र तोकिएको पार्किङ सवारी पार्क गर्ने सवारी धनीले मोटर साईकल स्कुटी लगायतका दुई पांग्रे सवारी साधन पार्कि¨ गर्दा प्रति घण्टाको ३० रुपैंया ठेकेदार कम्पनीलाई भुक्तानी गर्नुपर्छ । जुन यस अघि रु ५ रुपैंया प्रति घण्टा थियो ।
यस्तै कार भ्यान लगायतका साना चार पांग्रे सवारी साधानका लागि प्रतिघण्टा ६० रुपैंया, हल्का सवारी जस्तै मिनि ट्रक जस्ता लोडेड सवारीहरुले प्रतिघण्टा ८० रुपैंया शुल्क तिर्नुपर्छ भने ठुला सवारी वस लगायतले प्रतिघण्टा १ सय २० रुपैंया शुल्क तिर्नुपर्ने हुन्छ । जुन विगतको तुलनामा निकै महंगो हो ।

 

 

 

यसअघिको सम्झौता अनुसार ठेक्दार कम्पनीले वार्षिक ९ लाख विमानस्थललाई पार्किङ वापत बुझाउंदै आएको थियो । कम रकममा ठेक्का सम्झौता भएकै कारण साना दुई पांगे्र सवारीका लागि रु ५ रुपैयां, कार,जीपका लागि १० रुपैंया, हल्का सवारी २० रुपैंया र ठुला सवारीका लागी ४० रुपैंया प्रतिघण्टा तोकिएको थियो ।

 

 

 

२०८० चैतमा एक वर्षको लागि ठेक्का सम्झौता गरिएको छ । सम्झौता अनुसार सरकारी, प्राधिकरण, एम्बुलेन्स, सव वाहन, फायर जस्ता आकस्मिक सवारीहरुलाई पुर्णत निशुल्क पार्किङको सुविधा रहेको छ । शुल्क अत्यधिक वृद्धि हुंदा ठेकेदार कम्पनीलाई  समेत केही समय निकै कठिन भएको ठेक्का कम्पनीका संचालक मुस्तफाले गुनासो गरे ।

 

 

 

उनले भने “हामीले तोकेको शुल्क होईन् विमानस्थलले तोकेको शुल्क उठाउन पनि केही समय गाह्रो भयो जिल्ला प्रशासनसम्म जानुपर्यौ तर अब भने सबैले बुझिसक्नुभयो । ” ठेक्का नै महंगो भएको उनले बताए । आन्तरिक उठान नियमित हुंदा राम्रै शुल्क उठेपनि जाडो महिनामा विमान आउन नसक्दा आम्दानी नहुने संचालक मुस्तफाले बताए । उनका अनुसार अहिले दैनिक दुई सय दुई पांग्रे सवारी मोटरसाईकल, स्कुटरले पार्किङ गर्ने गरेका छन् । यस्तै सय बढी कार पार्किङका लागि आउने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पर्यटन प्रवर्द्धन तथा आयआर्जनका लागि पूर्वाधार निर्माण

वालिङ (स्याङ्जा),  भीरकोट नगरपालिका–४ सिसौघारीमा मन्दिरसहितको तलाउ निर्माण थालिएको छ । मन्दिरसहितको तलाउलाई धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै आम्दानीको स्रोतको रुपमा विकास गर्ने उद्देश्यले पालिकाल निर्माण थालेको हो   सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभाग कास्कीको एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत तलाउ, मन्दिरसहित पक्की...

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेस गर्नुभएको हो ।नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगले...

गृहिणीबाट उद्यमीः सीपले जीवन बदल्दै भोजपुरका महिला

भोजपुर,पहिले घरधन्दा र परिवारमा सीमित भोजपुरका महिला अहिले आफ्नै सीपबाट आम्दानी गर्न थालेका छन् । गाउँपालिका र वडास्तरमा सञ्चालित सिलाइकटाइ, ढाका बुनाइ, बेमौसमी तरकारीखेती, मुढा बनाउने, अचार बनाउने, गड्यौलाको मल उत्पादनलगायत सीपमूलक तालिमले महिलालाई स्वरोजगार र उद्यमशील बन्ने अवसर प्रदान गरेको हो ।   महिलालाई आत्मभिर्नरसँगै...

ट्रम्पसँग व्यापारिक सहमति भएको राष्ट्रपति सीको भनाइ

चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकासँग आर्थिक तथा व्यापारिक विषयमा सहमति कायम भएको जानकारी दिनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार दक्षिण कोरियाको बुसानमा भएको भेटवार्तापछि चिनियाँ राज्य सञ्चारमाध्यम सिन्ह्वाले सो जानकारी दिएको हो ।सन् २०१९ पछि पहिलोपटक भएको यो उच्चस्तरीय भेटमा विश्वका दुई ठूला...

महायज्ञ सुरु नहुँदै आश्रम बनाउन जुट्न थाल्यो सहयोग रकम

गलकोट (बागलुङ),मानव सेवा आश्रमको भवन निर्माणका लागि महायज्ञको तयारी तीव्र पारिएको छ । यही कात्तिक २१ देखि २८ गतेसम्म बागलुङको निरयघाटमा आयोजना गरिएको मानवसेवा आश्रम, बागलुङको भवन निर्माणार्थ आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु नहुँदै बागलुङमा सहयोग जुट्ने क्रम सुरु भएको छ ।   महायज्ञको...

जीप दुर्घटनमा एक जनाको मृत्यु, चार घाइते

दशरथचन्द(बैतडी),  जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक

काठमाडौँ,  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिकसत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ । त्रिविले यसै शैक्षिकसत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ मङ्गलबार सार्वजनिक गरेको हो ।   त्रिविका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले...

‘नेपालमा बर्सेनि ५० हजार बढीलाई मस्तिष्कघात’

काठमाडौँ,  नेपालमा प्रत्येक वर्ष मस्तिष्कघातका कारण ५० हजारभन्दा बढी मानिस प्रभावित हुने गरेको पाइएको छ । नेपाल पक्षघात सङ्घले गरेको अध्ययनमा प्रत्येक वर्ष नेपालमा मस्तिष्कघातका कारण ५० हजारदेखि ६० हजार मानिस प्रभावित हुने गरेका हुन् । नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष एवम् ग्राण्डी अन्तरराष्ट्रिय...

धनगढीमा यु–१९ महिला एक दिवसीय क्रिकेट प्रतियोगिता हुँदै

बैतडी, कैलालीको धनगढीमा प्रथम यु–१९ महिला एक दिवसीय क्रिकेट सिरिज–२०८२ को तयारी थालिएको छ । चटकपुर स्पोट्स क्लबको आयोजनामा प्रतियोगिता यही कात्तिक २० गतेदेखि सुरु हुनेछ । सुदूरपश्चिमका नौ वटै जिल्लाका खेलाडीको प्रतिनिधित्व हुने गरि चार टोली बनाइएको आयोजक चटकपुर स्पोट्स क्लबका सचिव लोकराज...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९