श्रीलंकामा राष्ट्रपति निर्वाचन सेप्टेम्बरमा हुने

काठमाडौँ । श्रीलंकामा यसै वर्षको सेप्टेम्बर २१ मा श्रीलंकामा राष्ट्रपतिको निर्वाचन हुने भएको छ । स्वतन्त्र निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको हो । यस घोषणाले राष्ट्रपति रनिल विक्रमासिंघेको कार्यकाल लम्ब्याउन चुनाव स्थगित गर्ने महिनौंको अनुमानको अन्त्य भएको छ । संविधानको धारा ३१ (३) बमोजिम सेप्टेम्बर २१ मा ष्ट्रपतिको निर्वाचन हुने र अगस्त १५ मा  उम्मेदवारी मनोनयन गरिने बताइएको छ ।

 

 

यसअघि २०१९ मा राष्ट्रपति गोताबाया राजापाक्षे ७० लाख मतका साथ राष्ट्रपति बनेका थिए । २०२२ को सुरुमा हजारौं मानिसहरूले आर्थिक संकटसँग जुध्न असफल भएको भन्दै राजपाक्षेलाई राजीनामा दिन आग्रह गरिएको थियो ।राजापाक्षेले जुलाई९, २०२२ मा देश छोड्नु परेको थियो, त्यसपछि निवर्तमान रनिल विक्रमासिंघे संसद मार्फत राजापाक्षको उत्तराधिकारीको रूपमा निर्वाचित भए ।विक्रमासिङ्घेले आईएमएफबाट बेलआउट सुविधाको फाइदा उठाएर देशलाई आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयास गरेका छन् ।

 

 

अप्रिलको मध्यसम्ममा श्रीलंकाले ऋण तिर्न अस्वीकार गरेको थियो । एक वर्षपछि आइएमएफमा करिब तीन अर्ब डलरको पहिलो किस्ता आयो, जसलाई चार वर्षका लागि थप्ने भनिएको थियो । यद्यपि, निवर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेले श्रीलंकालाई आर्थिक संकटबाट बाहिर निकाल्न देशमा सुधारहरू लागू गर्ने आफ्नो प्रतिबद्धता कायम राखेका छन् । उनी फेरि राष्ट्रपति बन्ने आशामा छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?