चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक

काठमाडौँ । पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले जितेको छ ।चीनका १९ बर्षिय शेंग लिहाओ र हुआंग युटिंगले दक्षिण कोरियालाई हराउदै १० मिटर एयर राइफल मिक्स टिममा पहिलो स्थान हासिल गर्दै पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक जितेका हुन् ।त्यस्तै दोस्रो भएको दक्षिण कोरियाले रजत पदक जितेको छ भने तेस्रो भएको काजकिस्तानले काश्य पदक जितेको छ ।

 

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१