अल्भारेजले छोडे म्यानचेस्टर सिटी, एटलेटिको जादै

काठमाडौँ । अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजले म्यानचेस्टर सिटी छोड्ने भएका छन् ।अल्भारेज ला लिगा क्लब एटलेटिको म्याड्रिड जाने निश्चित भएको हो । एटलेटिकोले अल्भारेजका लागि कीर्तिमानी ९५ मिलियन युरो तिर्न सहमत भएको मिडिया रिपोर्टमा बताइएको छ ।म्यानचेस्टर सिटीले अल्भारेजलाई स्पेनमा मेडिकल गर्न अनुमति दिएको र छिट्टै सम्झौता हुने भएको छ ।

 

नियमित खेल्न नपाएका अल्भारेज सिटीमा असन्तुष्ट रहेका थिए । अर्जेन्टिनालाई विश्वकप, कोपा अमेरिका जिताउन महत्वपूर्ण भूमिका खेलेका अल्भारेजले सिटीमा पर्याप्त खेल समय नपाउने निश्चित भएपछि क्लब छोड्ने निर्णय गरेका हुन् ।

 

 

 

२४ बर्षिय अल्भारेज २०२२ मा अर्जेन्टिनी क्लब रिभर प्लेटबाट सिटी आएका थिए । उनले सिटीमा दुई सिजनमा १०३ खेल खेल्दै ३६ गोल गरेका थिए । सिटीमा उनले धेरै जसो खेलमा सब्सटिच्यूटको रुपमा खेलेका थिए ।

 

 

 

सिटीमा उनले दुवै सिजनमा प्रिमियर लिगको उपाधि जितेका थिए भने २०२२-२३ मा एफए कप, च्याम्पियन्स लिग, युइएफ़्ए सुपर कप र २०२३ मा फिफा क्लब विश्वकप समेत जितेका थिए ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९