ब्राजिल र अमेरिका पेरिस ओलम्पिक महिला फुटबलको फाइनलमा

काठमाडौँ । जारी पेरिस ओलम्पिकको महिला फुटबलमा ब्राजिल र अमेरिका स्वर्ण पदकका लागि खेल्ने भएका छन् ।गएराती सम्पन्न सेमिफाइनलका खेलमा ब्राजिलले स्पेनलाई ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।त्यस्तै अमेरिकाले जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । अब महिला फुटबलको फाइनल खेल अगस्त १० मा हुने छ । त्यस्तै काश्य पदकका लागि स्पेन र जर्मनी भिड्ने भएका छन् । यो खेल अगस्त ९ मा हुने छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१