बंगलादेशकाे कलहमा अमेरिकिन हात ! सेन्ट मार्टिन टापुमा सैन्य बेस राख्ने चाहाना, हसिनाको असहमति

यो अप्रिल २०२३ को कुरा हो।

शेख हसिनाले बंगलादेशको संसदमा भाषण दिँदै भनिन्, ‘अमेरिकाले चाहेमा जुनसुकै देशमा सरकार परिवर्तन गर्न सक्छ। यदि उनीहरूले यहाँ सरकार बनायो भने त्यो जनताले निर्वाचित गरेको सरकार हुँदैन।’

 

हसिनाको बयानको एक वर्ष ३ महिनापछि अगस्ट ५ मा उनले राजीनामा मात्रै दिइनन्, देश छोड्नु पर्ने अवस्था आयो । उनले देश छाडेको तीन दिनपछि बंगलादेशमा बिहीबार राति अन्तरिम सरकार गठन भएको छ । सेनाले यस सरकारको नाम सल्लाहकार परिषद राखेको छ । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई यसको प्रमुख बनाइएको छ।

 

 

यसै क्रममा हसिनाले मोहम्मद युनुसलाई विदेशी एजेन्ट भएको आरोप लगाएकी छिन् । युनुसको अमेरिकासँग राम्रो सम्बन्ध छ। यस्तो अवस्थामा अमेरिकाले हसिनाको सत्ताच्युतमा कुनै भूमिका खेलेको हो कि होइन भन्ने प्रश्न उठिरहेको छ ।

यसका तीनवटा कारण देखिन्छन्ः

पहिलो, शेख हसिना र अमेरिकाको पुरानो दुश्मनी

२६ मे, स्थानः बंगलादेश प्रधानमन्त्री निवास। शेख हसिनाले १४ दलको बैठक बोलाएकी थिइन् । यसमा हसिनाले भनिन्, ‘बंगलादेश र म्यानमारका केही क्षेत्रहरू तोडेर पूर्वी टिमोर जस्तो ‘क्रिश्चियन देशु बनाउने षडयन्त्र रचिएको छ। एक ‘गोरो मानिस’ ले चुनावअघि मलाई प्रस्ताव गरेका थिए कि यदि हामीले अनुमति दिनु परयो कि हामी उत्तरी  क्षेत्रमा सेनाको बेस बनाउन चाहान्छौं, त्यसपछि कुनै समस्या बिना चुनाव गर्न दिइनेछ । ’

 

 

शेख हसिनाले त्यो देश र त्यो ‘गोरे मानिस’ को हो ? भनेर भनिनन् तर शंकाको सुई भने अमेरिका माथि उठ्यो। वास्तवमा, जुन २०२१ मा बंगाली अखबारहरूमा यो दाबी गरिएको थियो कि अमेरिकाले बंगलादेशसँग ‘सेन्ट मार्टिन टापु’ मागेको छ। जहाँ अमेरकिा सैन्य आधार शिबिर बनाउन चाहन्छ ।यसपछि बंगलादेश वर्कर्स पार्टीका अध्यक्ष राशिद खान मेननले पनि संसदमा अमेरिका सेन्ट मार्टिन टापु अधिग्रहण गर्न चाहन्छ र क्वाडको सदस्य बन्न दबाब दिइरहेको बताए ।

 

 

 

बंगलादेशी राजनीतिमा यति धेरै तरंग मच्चाएको सेन्ट मार्टिन टापु जम्मा ३ वर्ग किलोमिटरको टापु हो । म्यानमारबाट यसको दूरी मात्र ५ माइल मात्रै टाढा छ। जुन २०२३ मा प्रधानमन्त्री हसिनाले विपक्षी दल बीएनपी सत्तामा आएमा सेन्ट मार्टिन बेच्ने बताएकीसमेत थिइन् ।

 

 

हसिनाका अनुसार सेन्ट मार्टिन भाडामा दिएमा देश चलाउन कुनै समस्या नहुने बताएकी थिइन् । तर देशको माटो कुनै विदेशीलाई सुम्पन सक्दैनन् । तर, सेन्ट मार्टिनमा भएको कोलाहल पछि अमेरिकाले उक्त टापु अधिग्रहण गर्ने इच्छा नरहेको बताएको थियो ।

 

 

 

अमेरिकाले सेन्ट मार्टिनमा आफ्नो अडान स्पष्ट गरिसकेको थियो तर क्वाडका सम्बन्धमा उसले कहिल्यै बयान दिएको छैन। यद्यपि चीनले पक्कै पनि यसबारे चिन्ता व्यक्त गरेको थियो। अप्रिल २०२० मा चिनियाँ रक्षामन्त्रीले बंगलादेशलाई क्वाडमा सामेल नहुन चेतावनी दिएका थिए। पछि बंगलादेशले यो समूहमा सामेल नहुने स्पष्ट पारेको थियो ।

 

 

यसपछि अमेरिका र बंगलादेशबीचको सम्बन्धमा तनाव देखिन थाल्यो । अमेरिकाले डिसेम्बर २०२१ मा बंगलादेशको र्‍यापिड एक्शन बटालियनलाई प्रतिबन्ध लगाएको थियो। यो अर्धसैनिक बल २००३ मा आतंकवाद रोक्न गठन गरिएको थियो तर जो विपक्षी नेताहरूलाई यातना दिन कुख्यात थियो।

 

 

 

सन् २०२३ मा अमेरिकाले बंगलादेशका धेरै नेता माथि भिसा प्रतिबन्ध लगाएको थियो । अमेरिकाले बंगलादेशको निर्वाचन प्रक्रियालाई कमजोर बनाउने जो कोहीलाई पनि प्रतिबन्ध लगाउने तर्क गरेको छ । अप्रिल २०२३ मा हसिनाले स्पष्ट रूपमा भनिन् कि अमेरिका बंगलादेशमा सरकार परिवर्तन गर्न चाहन्छ। अमेरिका र बंगलादेशबीचको सम्बन्ध यस दशकमा कहिल्यै खराब भएको छैन।

 

 

दोस्रो, अमेरिकी अधिकारीहरूले प्रतिपक्षी दलका नेताहरूलाई भेट्दै इन्स्टिच्युट फर डिफेन्स स्टडीज एण्ड एनालिसिसका अनुसार बंगलादेशमा अमेरिकाको प्रभाव स्थापना हुनु अघि देखि नै रहेको बताए। बंगलादेशको स्वतन्त्रताको सङ्घर्ष चलिरहेको बेला अमेरिकाले पश्चिम पाकिस्तानलाई साथ दिइरहेको थियो । अमेरिका लामो समयदेखि शेख मुजिबुर रहमान र अवामी लिगबीच विवादमा रहेको छ । शेख हसिनाको शासनकालमा अमेरिकासँगको सम्बन्ध सुमधुर रहे पनि त्यति राम्रो थिएन ।

 

 

बंगलादेशमा चुनाव हुनु अघि अमेरिकी अधिकारीहरूले विपक्षी नेताहरूसँग भेटघाट गरेको सामान्य खबर आएको थियो। उनले कट्टरपन्थी संगठन जमाते इस्लामी पार्टीका नेताहरुसँग पनि भेटघाट गरेका थिए । यस्तो अवस्थामा बंगलादेशको परिस्थितिमा अमेरिकाको पनि हात हुनसक्ने अनुमान गरिएको छ । तर, बंगलादेशको अहिलेको अवस्थाको पछाडि अमेरिकाको हात रहेको दाबी गर्न सकिँदैन । हसिना सरकारको पतनमा बंगलादेशको घरेलु समस्याले पनि ठूलो भूमिका खेलेको थियो ।

तेस्रो,

मोहम्मद युनुस सत्तामा आएपछि अमेरिकालाई फाइदा हुनेछ । प्रियंका सिंहले बंगलादेशमा सरकार परिवर्तन गर्दा अमेरिकालाई फाइदा पुग्ने बताइन् । मोहम्मद युनुस पश्चिमा देशसँग जोडिएका छन् । त्यहाँ धेरै काम गरे। अमेरिकी प्रणालीसँग धेरै परिचित रहेका तिनले अमेरिकी हितहरूमा ध्यान केन्द्रित गर्न सक्छन्। यदि उसलाई अमेरिकाको समर्थन मिलिरहेको छ भने यो धेरै अचम्मको कुरा होइन।

 

 

नोबेल शान्ति पुरस्कार मोहम्मद युनुसले मात्र पाएका छन् । उनलाई प्रतिष्ठित रेमन म्यागसेसे पुरस्कार प्रदान गरिएको छ। यो अवार्ड अमेरिकाको प्रतिष्ठित फाउन्डेसन फोर्ड फाउन्डेसनले प्रदान गरेको हो । उनको अमेरिकासँगको निकटता कसैबाट लुकेको छैन । हसिना सरकारमा ज्यान मार्ने धम्की आए पछि उनले अमेरिकी दूतावासमा शरण लिएका थिए ।

 

 

 

अमेरिकाले बंगलादेशको अन्तरिम सरकारलाई पनि सहयोग गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले एक विज्ञप्तिमा भनेका छन्, ‘हामी बंगलादेशको अवस्थाको निगरानी गरिरहेका छौं। मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको छ र हामीलाई लाग्छ कि अन्तरिम सरकारले बंगलादेशमा स्थायित्व र शान्ति स्थापना गर्न सहयोग गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मानव स्वास्थ्य र वातावरणीय असर भएपछि इँटा उद्योग बन्दको माग

डुम्रे (तनहुँ), तनहुँको व्यास नगरपालिका–१ स्थित भद्रु सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताले मानवीय स्वास्थ्य तथा वातावरणमा असर देखिन थालेपछि चिम्नी इँटा उद्योग बन्द गर्न स्थानीयको माग छ । स्थानीय सञ्चालित इँटा उद्योगबाट निस्कने धुँवाका कारण मानव स्वास्थ्य, वायु र वातावरणमा असर परेकाले उद्योग बन्द...

‘प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको पनि दायित्व हो’

गण्डकी, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु प्रदेश सरकार पनि दायित्व रहेको बताउनुभएको छ । गण्डकी प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दै उहाँले संविधानतः हुने निर्वाचन प्रक्रियालाई सहयोग गर्न प्रदेशसभा सदस्य, राजनीतिक दल,...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६९ पैसा र...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

मानव स्वास्थ्य र वातावरणीय असर भएपछि इँटा उद्योग बन्दको माग

डुम्रे (तनहुँ), तनहुँको व्यास नगरपालिका–१ स्थित भद्रु सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताले मानवीय स्वास्थ्य तथा वातावरणमा असर देखिन थालेपछि चिम्नी इँटा उद्योग बन्द गर्न स्थानीयको माग छ । स्थानीय सञ्चालित इँटा उद्योगबाट निस्कने धुँवाका कारण मानव स्वास्थ्य, वायु र वातावरणमा असर परेकाले उद्योग बन्द...

खयरमारामा व्यवसायिक अम्बा र कागतीखेती

महोत्तरी,  बर्दिबास–११ खयरमाराका किसान निलहरि गौतमले एक बिघा क्षेत्रफलमा एक हजार बढी उन्नत जातका अम्बा तथा पाँचसय कागतीका विरुवा लगाउनुभएको छ । कामका लागि मुलुकका विभिन्न क्षेत्र पुगे पनि अहिले पैतृक ठाउँमै बिताउने इच्छाले अम्बा र कागती विरुवा लगाइएको उहाँको भनाइ छ । यहाँको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

तम्घास, गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ । गाउँमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत रहेर २०७६ सालमा...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९