बंगलादेशका नवनियुक्त प्रधानन्यायधिसले लिए पद तथा गोपनियताको सपथ

ढाका। बंगलादेशको २५ औं प्रधानन्यायाधीश सैयद रेफात अहमदले पद तथा गोपनियताको सपथ लिएका छन ।राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आइतबार बंगभवनस्थित दरबार हलमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । शनिबार सैयद रेफात अहमदलाई राष्ट्रपतिले नियुक्त गरेका थिए। यस सम्बन्धमा कानून मन्त्रालयले एक सूचना जारी गरेको छ ।

 

 

राष्ट्रपतिले जनवादी गणतन्त्र बंगलादेशको संविधानको धारा ९५ (१ं) बमोजिम आफूलाई दिइएको शक्तिको प्रयोग गर्दै सर्वोच्च अदालतको उच्च अदालत डिभिजनका न्यायाधीश सैयद रेफात अहमदलाई बंगलादेशको प्रधानन्यायाधीशमा नियुक्त गरिएको जनाईएको छ ।

 

सैयद रेफात अहमदको जन्म २८ डिसेम्बर १९५८ मा भएको थियो। उनका बुबा ब्यारिस्टर सैयद इश्तियाक अहमदले बंगलादेशका पूर्व महान्यायाधिवक्ताको रूपमा काम गरेका थिए। उनकी आमा, डा. सुफिया अहमद, बंगलादेशकी राष्ट्रिय प्राध्यापक र ढाका विश्वविद्यालयमा इस्लामिक इतिहास र संस्कृतिका प्रमुख प्राध्यापक थिइन्।

 

भेदभाव विरोधी विद्यार्थी आन्दोलनले यसअघि सैयद रेफात अहमदलाई प्रधानन्यायाधीश नियुक्त गर्न माग गरेको थियो।त्यसलगत्तै ओबैदुल हसनले बंगलादेशको न्यायिक निकायको प्रमुख पदबाट राजीनामा दिएका थिए । पछि पुनरावेदन महाशाखाका न्यायाधीश मोहम्मद अशफाकुल इस्लाम कायममुकायम प्रधानन्यायाधीशमा नियुक्त गरिएको थियो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९