क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको सुझाव

काठमाडौं । क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा आउने  तयारी गरिरहेका नेपाली विद्यार्थीलाई सुझाव दिएको छ । दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्‍याएर तयारी गर्न अनुरोध गरेको छ ।

 

 

विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना राम्ररी अध्ययनगरेर मात्र क्यानडाको तयारी गर्न उचित हुने दूतावासले जनाएको छ। आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको सहर आदिबारे पर्याप्त खोजीगरी बुझेर आउँदा कम समस्या व्यहोर्नुपर्ने उल्लेख गर्दै दूतावासले अवास्तविक, अपर्याप्त र अतिरञ्जित प्रचारप्रसारमा मात्र भरगरेर पूर्ण तयारी नगर्दा विद्यार्थीले विविध समस्या व्यहोर्नु परेको यथार्थलाई राम्ररी ध्यान दिन आग्रह गरेको छ।

 

 

 

अध्ययनका लागि क्यानडा आउनु अघि पूर्वक्यानडामा रहेका आफन्त, इष्टमित्र, साथीहरू,  पूर्वविद्यार्थी, विद्यार्थीका सोसल मिडिया नेटवर्क, सम्बन्धित सहरमा रहेका गैरआवासीय नेपाली सङ्घलगायत नेपाली डायस्पोराका सङ्घसंस्थासँग आफू आउन लागेको ठाउँ, पढाइको तौरतरिका, लाग्ने खर्च, आवासको उपलब्धता, रोजगारीका सम्भावना आदिबारे पर्याप्तमात्रामा बुझी जानकारी लिएर आउँदा सहज हुने दूतावासको सुझाव छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९