सलिम-जावेदको डकुमेन्ट्री ‘एंग्री यंग म्यान’आउदै

काठमाडौँ । बलिउडका चर्चित पटकथा लेखक जोडी सलिम खान र जावेद अख्तरमा आधारित डकुमेन्ट्री सिरिज ‘एंग्री यंग म्यान’ अगस्ट २० मा रिलिज हुँदैछ ।३ एपिसोडको यो सिरिज अमेजन प्राइम भिडियोमा स्ट्रिम गरिनेछ । ‘एन्ग्री यंग म्यान’ सिरिजलाई नम्रता रावले निर्देशन गरेकी हुन्, जसले यसबाट निर्देशकको रुपमा डेब्यु गर्दैछिन् । एकै समयमा, यसको कार्यकारी निर्माताहरूमा जोया अख्तर, सलमान खान, फरहान अख्तर रहेका छन् ।

 

 

बलिवुडमा सलिम जावेदको जोडी निकै चर्चित जोडी हो । ७० र ८० को दशकमा कैयौं सुपरहिट फिल्म दिएको यो जोडी लामोसमय पछि आफ्नै डकुमेन्ट्रीका लागि साथ आएको हो । यसको पहल जावेद अख्तरकी छोरी जोया अख्तरले गरेकी हुन् ।

 

 

लामो समयपछि सलिम खान र जावेद अख्तरलाई सँगै ल्याउने पहल आफूले नै गरेको जोयाले बताएकी छन् । यस पहलले सलिम-जावेदको जोडीले कसरी काम गर्थ्यो, उनीहरुको मित्रता कस्तो थियो भन्ने नयाँ पुस्तालाई जानकारी हुने उनले बताएकी छन् ।

 

 

 

सलिम र जावेदले १९७१ देखि १९८७ सम्म एक साथ २४ फिल्ममा काम गरेका थिए, जसमा २० फिल्म कमर्सियली सफल रहेका थिए । उनीहरुले यादोकी बारात, जंजिर, दीवर, शोले, काला पथ्थर, दोस्ताना, मजबूर, शीता और गीता, मिस्टर इन्डिया जस्ता फिल्म लेखेका थिए ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९