कोलकोता बलात्कार-हत्या प्रकरण: सर्वोच्चले स्वज्ञान लिदै दियो विभिन्न आदेश

काठमाडौँ । भारतको कोलकोतामा महिला डाक्टरमाथि बलात्कारपछि भएको हत्याको घटनाले सिंगो भारतसहित अन्तर्राष्ट्रिय स्तरमै स्तब्ध बनाएको छ ।यो घटनापछि भारतभरका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् भने घटनापछि प्रदेश सरकारको कदम बारे आलोचना भइरहेको बेला यस घटनामा सर्वोच्च अदालतले स्वस्फुर्त हात हालेको छ ।

 

 

 

सर्वोच्च यस विषयमा आफैँले संज्ञान लिएर सुनुवाई गरेको हो । प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षताको इजलासले यस विषयमा सुनुवाइ गर्दै अस्पतालको सुरक्षा, महिला स्वास्थ्यकर्मीहरुलाई कार्यस्थलमा दिनुपर्ने सुरक्षाको विषयमा महत्वपूर्ण आदेश दिएको छ ।

 

 

 

समाचार एजेन्सी पीटीआईका अनुसार सर्वोच्चले घटनाक्रम हेर्दा अपराध बिहानै पत्ता लागेको जस्तो देखिएको बताउदै मेडिकल कलेजका प्रिन्सिपलले यसलाई आत्महत्या भन्न खोजेको देखिएको टिप्पणी गरेको छ । आफ्नो आदेशमा सर्वोच्चले भनेको छ- ‘अधिकांश युवा डाक्टरहरू ३६ घण्टा काम गर्छन् । हामीले सुरक्षित काम गर्ने वातावरण सुनिश्चित गर्न राष्ट्रिय प्रोटोकल विकास गर्नुपर्छ ।’

 

 

 

साथै पीडितको नाम मिडियामा जताततै प्रकाशित भएकोमा पनि अदालतले चिन्ता व्यक्त गरेको छ  । साथै सर्वोच्चले आरजीकर अस्पतालका प्रिन्सिपलको आचरण छानबिन भइरहेको बेला उनलाई तत्कालै अर्को कलेजमा कसरी नियुक्ति गरिएको विषयमा राज्य सरकारलाई प्रश्न सोधेको छ ।

 

 

 

अदालतले हजारौंको भीड मेडिकल कलेजमा प्रवेश गरेको घटनाप्रति कोलकोता प्रहरी माथि प्रश्न उठाएको छ भने मुद्दामा एफआईआर दर्ता गर्न ढिलाइ गरेकोमा पश्चिम बंगाल सरकार र अस्पताल प्रशासनलाई प्रश्न सोधेको छ । साथै सर्वोच्च अदालतले स्वास्थ्यकर्मीले लामो समय गर्ने कामका विषयमा राष्ट्रिय प्रोटोकल तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेको छ । यसको काम चिकित्सकहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्ने हो ।

 

 

 

सर्वोच्च अदालतले सीबीआईलाई बलात्कार-हत्या प्रकरणमा अनुसन्धानको स्थिति रिपोर्ट दिन र पश्चिम बंगाल सरकारलाई आरजी कार अस्पतालमा भीड आक्रमणको अनुसन्धानको स्थिति रिपोर्ट दिन अगस्त २२ सम्मको समय पनि दिएको छ ।

 

 

 

 

अदालतले आरजीकर अस्पतालमा आक्रमण गर्ने अपराधीहरूलाई पक्राउ गरी उनीहरूविरुद्ध एफआईआर दर्ता गर्ने सुनिश्चित गर्न सरकारलाई निर्देशन समेत गरेको छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९