
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भल्लाडोलिडलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भल्लाडोलिडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।रियल म्याड्रिडको जितमा फेडेरिको भाल्भेर्डे, ब्राहिम डियाज र एन्ड्रीकले एक एक गोल गरेका थिए ।यस सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको रियल म्याड्रिडको यो पहिलो जित हो । यो जितपछि २ खेलमा रियल म्याड्रिडको ४ अंक भएको छ । त्यस्तै भल्ला डोलिडको भने २ खेलमा ३ अंक रहेको छ ।