साफ यू- २० च्याम्पियनसिपको सेमिफाइनलमा आज भारत र बंगलादेश भिड्दै

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेल आज हुदै छ । दोस्रो सेमिफाइनलमा आज भारत र बंगलादेश भिड्दै छन् ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ ।यस खेलको विजेताले फाइनलमा नेपालसँग खेल्ने छ । नेपालले आइतबार पहिलो सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । फाइनल खेल बुधबार हुदै छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१