११ करोड ‘डिल’मा हट्यो सांसद मोहन बस्नेतले गरेको मध्य भोटेकोशीको अवरोध

मन्त्री खड्का र घिसिङ नै ‘गैरकानुनी रकम’ तिराउने सहमतिका साक्षी

काठमाडौं।  सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ३ स्थित मध्य भोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइनको अवरोध हटेको छ।सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का कांग्रेस सांसद मोहनबहादुर बस्नेतले विभिन्न शीर्षकमा मोटो रकम माग्दै एक वर्षअघिदेखि गरिरहेको अवरोध हटाउने सहमति भएको हो। यो सहमतिका लागि सांसद बस्नेतको संस्थागत सामाजिक उत्तरदायित्व भन्दै गरेको गैरकानुनी मागको रकम भने आयोजनाले तिर्नैपर्ने भएको छ।

 

 

 

बस्नेतले आयोजनाको सामाजिक उत्तरदायित्व भन्दै १२ करोड रकम मागेका थिए। उक्त सामाजिक उत्तरदायित्व भनिएको रकम प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेलाई नगर अस्पतालमा रुपान्तरण गर्न खर्च गरिने भनिएको थियो।बुधबार बाह्रबिसेमा आयोजनासँग भएको छलफलमा ११ करोड रुपैयाँ आयोजनाले दिने सहमति भएको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए।१० करोड रुपैयाँ अस्पताल र बाह्रबिसे नगरपालिका वडा नम्बर ३ र ४ लाई ५०-५० लाख रुपैयाँ दिने सहमति भएको बस्नेतले बताए।

 

 

 

‘११ करोड रुपैयाँ सबै नगरपालिकाको खातामा आउँछ, वडाअध्यक्षहरूले कार्ययोजना बनाएपछि उहाँहरूलाई ५०-५० लाख दिन्छौं,’ बस्नेतले भने।वडाअध्यक्षले त्यहाँको विकास निर्माणमा उक्त रकम खर्च गर्ने सहमति रहेको उनले बताए। रकम दिन आयोजना सहमत भएपछि बिहीबारबाटै प्रसारण लाइनको काम खोलिदिएको बस्नेतले बताए।उनका अनुसार आयोजनाले पन्ध्र दिनभित्रै ६ करोड रुपैयाँ नगरपालिकाको खातामा जम्मा गर्ने सर्त राखिएको छ।

 

 

 

बाँकी प्रसारण लाइन जोडिसकेपछि पाँच करोड रुपैयाँ नगरपालिकाको खातामा जम्मा गर्ने सहमति भएको बस्नेतले बताए। ‘सम्झौता पत्र तयार गर्दैछौं, उहाँहरूलाई नगरपालिकामा बोलाएर चाँडै सम्झौतामा हस्ताक्षर गर्छौं,’ बस्नेतले भने।

 

 

 

 

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोका–२ का सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीप कुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरू, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र आयोजनाका अधिकारी थिए।

 

 

मन्त्री खड्का र राज्यमन्त्री तामाङ दुबै नेपाली कांग्रेस पार्टीमा आवद्ध छन्। दुबै सभापति शेरबहादुर देउवासँग निकट छन्। बस्नेत पनि देउवानिकट नै हुन्। प्रधानमन्त्री दाहालको कार्यकालमा स्वास्थ्य मन्त्री बनेका बस्नेतले त्यही बेला आयोजनासँग रकम मागेका थिए।नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण सुरू गरिएको थियो। आयोजनाका ७ वटा टावर निर्माण भएपछि सांसद बस्नेतले २०८० असार १७ गतेबाट रोकिदिएका थिए।

 

 

 

बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युतगृहको स्वीच यार्डबाट सोही नगरपालिका–३स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइन छ। त्यमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि बस्नेतले अवरोध गर्दै आएका थिए।

 

 

 

आयोजनासँग माग गरिएको रकम सामाजिक उत्तरदायित्व अन्तर्गतको नभएर ‘गैरकानुनी’ माग थियो। सांसद बस्नेतले सामाजिक उत्तरदायित्व भन्दै मागेको रकम अनुचित र गैरकानुनी रहेकोबारे खोज पत्रकारिता केन्द्रले गत जेठमा सामाचार सम्प्रेषण गरेको थियो।

 

 

 

 

सांसद बस्नेतको घर बाह्रबिसे नगरपालिका-३ नै हो। रकम जम्मा गर्न लागिएको अस्पताल मध्य भोटेकोशी आयोजनाको प्रभावित क्षेत्रमा पर्दैन। अस्पताल बाह्रबिसे नगरपालिका वडा नम्बर ९ मा पर्छ।आयोजनाको प्रभावित क्षेत्र बाह्रबिसे नगरपालिका ५,६,७,८ र भोटेकोशी गाउँपालिका १ र ५ नम्बर वडा हो।

 

 

 

प्रभावित क्षेत्रमा नपरे पनि अस्पताल निर्माण गर्नु सामाजिक उत्तरदायित्वभित्रै पर्ने प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङले जिकिर गरे। ‘अस्पताल निर्माण भनेपछि समग्र जिल्लालाई नै प्रतिनिधित्व गर्‍यो, यो गैरकानुनी भएन। सामाजिक उत्तरदायित्व नै हो। अस्पताललाई आयोजनाले केही सहयोग गरेको भयो,’ उनले भने।

 

 

 

२२० केभी सिङ्गल सर्किट प्रसारण लाइनका लागि चार किलोमिटर क्षेत्रमा १३ वटा टावर निर्माण गर्नुपर्ने थियो। सात वटा पोल (आयोजनास्थल जम्बुदेखि कुखुरे) सम्म तार जोडिसकिएको थियो। ६ वटा पोलमा तार जोड्न बाँकी रहँदा बस्नेतले अवरोध गरेका थिए।बस्नेतले आफ्ना बढाबाका छोरा (भाइ) बुद्धराज बस्नेतको नेतृत्वमा केही व्यक्तिहरू खटाएर पोलमा तार जोड्न रोकेका थिए।

 

 

 

 

बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीमा प्रसारण लाइन पुगेपछि बस्नेतले बुद्धराजलाई अघि सार्दै रकम मागेर अवरोध गरिदिएका थिए। बाह्रबिसे नगरपालिकाका मेयर बस्नेतले त्यसमा सहयोगी भूमिका खेलेका थिए। मेयर बस्नेत पनि सांसद मोहनका भाइ नातेदार हुन्।

 

 

 

बुधबार सहमति भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री खड्काले निर्माण सम्पन्न भइसकेको मध्यभोटेकोशी जलविद्युत आयोजनाको विद्युत् प्रणालीमा समाहित गर्नका लागि प्रसारण लाइन निर्माणमा जारी अवरोध खुलाउन महत्वपूर्ण सहमति भएको दाबी गरे। मन्त्री खड्काले भएका सहमति सबै पक्षले इमान्दारीपूर्वक कार्यान्वयन गरी आयोजना निर्माणमा रहेका बाँकी काम एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिए।

 

 

 

स्थानीयको अपनत्व हुने आयोजना निर्माण अगाडि बढाइएको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइनका बाँकी काम सम्पन्न गरी आयोजनाबाट तत्काल विद्युत् उत्पादन सुरू गर्ने वातावरण बनाइदिन आग्रह गरे।घिसिङले आयोजनाको विद्युत प्रवाहका लागि बाह्रबिसेमै २२०-१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको बताए।

 

 

 

मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि  सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने छ। निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरू गर्न संरचना तथा उपकरणहरू परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो। हाल सुरुङको मर्मत र सुधार सकिएको छ। आयोजनाबाट असोजभित्र विद्युत् उत्पादन सुरू गर्ने लक्ष्यका साथ बाँकी काम भइरहेको आयोजनाका एक अधिकारीले बताए।

 

 

 

 

आयोजनामा सरकारी, निजी र जनताहरूको लगानी छ। नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चिलिमे जलविद्युत आयोजनाको ३७, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत लगानी छ।आयोजनामा नेपाल अरनिको हाइड्रोपावर, सिन्धु इनभेस्टमेन्ट कम्पनी, सिन्धुपाल्चकोक हाइड्रोपावर र सिन्धु–भोटेकोशी हाइड्रोपावरको १–१ प्रतिशत लगानी छ।

 

 

 

यसैगरी, सिन्धुपाल्चोकबासीको १०, आम नेपालीहरूको १५, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको साढे १९ प्रतिशत, चिलिमेका संस्थापक सेयर धनीको साढे ३ प्रतिशत र सञ्चय कोषका कर्मचारीको एक प्रतिशत लगानी छ।सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजनाले कानुनी रूपमा गर्नुपर्ने दायित्व पूरा गरिरहेकै थियो।

 

 

 

कर्पोरेट रेस्पोन्सिबिलिटी (सिएसआर) अन्तर्गत वार्षिक दुई करोड रुपैयाँ आयोजनाले खर्च गरिरहेको थियो। बिजुली उत्पादन सुरू भएपछि आयोजनाले २५ प्रतिशत रोयल्टीको रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने सर्त छ।यस्तै, बिजुली उत्पादन भएपछि दुई प्रतिशत रकम पनि सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजनाले खर्च गर्नुपर्ने सर्त रहेको छ।

 

 

 

 

सामाजिक उत्तरदायित्व अन्तर्गतको काममा आयोजनाले विगत ९ वर्षदेखि बाह्रबिसे नगरपालिकालाई वार्षिक रूपमा १ करोड १९ लाख रुपैयाँ दिइरहेको छ। भेटेकोशी गाउँपालिकालाई ९ वर्षयता नै ७० लाख रुपैयाँ आयोजनाले दिइरहेको छ।आयोजनाले शिक्षातर्फ बाह्रबिसे नगरपालिकालाई मासिक १ लाख ४० हजार र भोटेकोशी गाउँपालिकालाई मासिक ७० हजार सहयोग गरिरहेको छ।

 

 

 

आर्थिक वर्ष २०७९/८० मा सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक ५ करोड २३ लाख २० हजार रकम छुट्याएको थियो। चालू आर्थिक वर्षका लागि आयोजनाले १ करोड २० लाख रुपैयाँ सामाजिक उत्तदायित्व शीर्षकमा छुट्याएको छ।यसबाहेक स्थानीयस्तरमा पुल–पुलेसा, गोरेटो, खानेपानी, प्रतिक्षालय निर्माण, पहिरो रोकथामका लागि थप वार्षिक डेढ करोडसम्म आयोजनाले खर्च गरिरहेको थियो।प्रसारण लाइनको काम रोकिएदेखि बस्नेतसँग अनेक तरहले आयोजनाका अधिकारीहरू धाएको धायै थिए। अवरोध हटाउन माग गर्दै उनीहरूले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर कुरा राखेका थिए। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...

नयाँ सरकारसँग युवाको अपेक्षाः सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ‘जेनजी’ पुस्ताका युवाहरूले आगामी सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र प्रणालीगत सुधारको अपेक्षा गरेका छन् ।     प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवयुवाको उपस्थितिका कारण पनि युवामैत्री...

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ,  मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य रु दुई हजारले बढेको छ भने चाँदी मोल स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

भोजपुरमा हिउँदे आलु थन्काउन किसान व्यस्त

भोजपुर, यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन् । खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा खटिएका देखिन्छन् । जिल्लाका विभिन्न गाउँबस्तीमा किसानले आलु खन्ने, छानेर बोरा भर्ने, सुकाउने र घरमा भित्र्याउने काम गरिरहेका हुन् ।   जिल्लाका ग्रामीण...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९