आर्सनलले स्टर्लिङलाई लोनमा भित्र्यायो

काठमाडौँ । इङल्याण्डका विंगर रहीम स्टर्लिङलाई प्रिमियर लिग क्लब आर्सनलले लोनमा भित्र्याएको छ । खेलाडी ट्रान्सफर विन्डोको अन्तिम समयमा स्टर्लिङलाई आर्सनलले चेल्सीबाट लोनमा भित्र्याएको हो । मिडिया रिपोर्टका अनुसार स्टर्लिङका लागि आर्सनलले उनको पारिश्रमिकको आधा रकम तिर्ने सहमति पछि भित्र्याएको हो । चेल्सीमा उनको पारिश्रमिक करिब ४ लाख डलर प्रति साता रहेको थियो । अब आर्सनलले सो पारिश्रमिकको करिब आधा रकम चेल्सीलाई तिर्ने सहमति भएको बताइएको छ ।

 

 

लामो समय म्यानचेस्टर सिटीबाट खेलेका स्टर्लिङले सिटीका लागि ३३९ खेलमा १३१ गोल गरेका छन् भने चेल्सीमा दुई सिजनमा ८१ खेलमा १९ गोल गरेका छन् ।इङल्याण्डका लागि ८२ खेल खेलेका स्टर्लिङले २० गोल गरेका छन् । उनी २०२२ देखि इङल्याण्डको राष्ट्रिय टिमबाट बाहिर रहेका छन् ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१