म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको शानदार जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।लिभरपुलको जितमा लुइस डियाजले २ तथा मोहमद सलाहले एक एक गोल गरेका थिए ।

 

 

यो जितपछि लिभरपुलले यस सिजनमा लगातार तीन खेलमा जित हासिल गर्दै ९ अंक बनाएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यस सिजनमा यो दोस्रो हार हो । यो हारपछि म्यानचेस्टर युनाइटेडको ३ खेलमा ३ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१