चीनका १५ लडाकु विमान ताइवानको सीमा क्षेत्रमा घुसपैठ

काठमाडौँ । ताइवानको रक्षा मन्त्रालयले चिनियाँ सेनाको लडाकु विमान र युद्धपोत आफ्नो सिमानामा घुमिरहेको बताएको छ ।ताइवानको रक्षा मन्त्रालयले आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म १८ वटा लडाकु विमान, आठ युद्धपोत र चिनियाँ सेनाका अन्य दुईवटा जहाज ताइवान सीमा नजिक रहेको जनाएको छ । तीमध्ये १५ वटा विमानले ताइवानको सीमा नाघेर ताइवानको हवाई क्षेत्रको उल्लंघन गरेका थिए ।

 

 

 

चिनियाँ घुसपैठको जवाफमा ताइवानले पनि आफ्ना लडाकु विमान र युद्धपोतहरू तटीय सीमामा तैनाथ गरेको छ । साथै, क्षेप्यास्त्र प्रणाली पनि तैनाथ गरिएको छ र स्थितिलाई नजिकबाट नियालिरहेको छ । जसका कारण दुई देशबीच तनाव बढेको छ । चिनियाँ सेनाले पछिल्ला महिनाहरूमा धेरै पटक ताइवानको सीमामा घुसपैठ गर्ने प्रयास गरेको छ। सेप्टेम्बर २०२० पछि मात्र चीनले आफ्नो ग्रे जोन रणनीति प्रयोग गरिरहेको छ। यस अन्तर्गत चिनियाँ लडाकु विमान र युद्धपोतहरू ताइवानको सिमानामा घुमिरहेका छन् ।

 

 

 

ताइवानको आरोप- चीनको आक्रमण हिन्द प्रशान्त महासागर क्षेत्रको सुरक्षाका लागि खतरा हो । गत हप्ता पनि चीनले ताइवानको सीमामा घुसपैठ गरेको थियो, त्यसपछि ताइवानको विदेश मन्त्रालयले चीनको आलोचना गर्दै अरु देशको सार्वभौमसत्ता र क्षेत्रीय शान्तिको हनन गरेको आरोप लगाएको थियो । चीनका विमानहरूले हालै जापानको हवाई क्षेत्र पनि उल्लङ्घन गरेका छन् ।

 

 

 

 

ताइवानले पूर्वी चीन सागरमा चीनले निरन्तर युद्धाभ्यास गरेर यथास्थिति परिवर्तन गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ । ताइवानले चीनको आक्रमण सम्पूर्ण हिन्द प्रशान्त महासागर क्षेत्रको सुरक्षाका लागि ठूलो खतरा भएको बताएको छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९