विपक्षी नेताले शरण लिएको भन्दै भेनेजुएलास्थित अर्जेन्टिनी दूतावासमा सुरक्षा बलको घेराबन्दी

काठमाडौँ । भेनेजुएलाको सुरक्षा बलले राजधानी काराकसमा रहेको अर्जेन्टिनी दूतावासलाई घेराबन्दी गरेको छ ।अर्जेन्टिनाको यो दूतावासमा राष्ट्रपति निकोलस मदुरोविरोधी छ जना विपक्षी नेताहरुले शरण लिएको भन्दै  सुरक्षा बलले घेराउ गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

 

भेनेजुएलाका विपक्षी दलका नेताहरूले पनि सामाजिक सञ्जालमा दूतावास भवन वरपर रहेका गुप्तचर सुरक्षाकर्मीको फोटो र भिडियो पोस्ट गरेका छन् । भवनमा शरण लिएका विपक्षी नेताहरूले मदुरोले उनीहरूलाई घेराबन्दीमा राखेको बताउँछन् ।

 

 

भेनेजुएलामा भएको राष्ट्रपति चुनावपछि अर्जेन्टिनासँगको सम्बन्ध टुटेको थियो । त्यसयता अर्जेन्टिनाको दूतावास ब्राजिलको रेखदेखमा थियो । तर, शनिबार भेनेजुएला सरकारले ब्राजिलले अर्जेन्टिनाको दूतावासको मर्मत सम्भारको व्यवस्था पनि खारेज गरेको छ ।

 

 

 

भेनेजुएला निर्वाचन परिणाम शंकास्पद मानिने देशहरूको सूचीमा परेको छ । विपक्षी दलहरूले भनेका छन्, उनीहरूको उम्मेदवार एडमन्डो गोन्जालेजले राष्ट्रपति चुनाव जितेका थिए, तर पश्चिमी देशहरूले उनलाई मान्यता दिन अस्वीकार गरेका थिए ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९