बाइडेन बने अहिलेसम्मकै धेरै बिदा लिने अमेरिकी राष्ट्रपति

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो ४ वर्षे कार्यकालमा ५३२ दिन बिदा लिएका छन् ।न्युयोर्क पोस्टको रिपोर्टका अनुसार ८१ वर्षीय बाइडेनले राष्ट्रपति पद ग्रहण गरेको १३२६ दिन भइसकेको छ । बाइडेनले यी दिनको ४० प्रतिशत बिदा लिएका छन् भने उनले ७९४ दिन मात्र काम गरेका छन् ।

 

 

 

रिपोर्टका अनुसार बाइडेनले हरेक १० दिनमा ४ दिन बिदा लिइरहेका छन् । अमेरिकामा कुनै पनि व्यक्तिले प्रत्येक वर्ष औसत ११ दिन बिदा पाउँछन् । यसका अनुसार बाइडेनले ४ वर्षमा जति बिदा लिएका छन्, एक साधारण अमेरिकी व्यक्तिलाई ४८ वर्ष लाग्छ ।

 

 

 

यो अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिले लिएको सबैभन्दा धेरै बिदा हो । यसअघि ट्रम्पले आफ्नो कार्यकालमा १४६१ दिनमा २६ प्रतिशत अर्थात् ३८१ दिन बिदा लिएका थिए । जबकि बराक ओबामा र रोनाल्ड रेगन आफ्नो कुल कार्यकालको ११ प्रतिशत दिन मात्र बिदामा थिए । जिम्मी कार्टरले राष्ट्रपतिको रुपमा ७९ दिन मात्रै बिदा लिएका थिए । विश्वको उथलपुथलका बीच अमेरिकी राष्ट्रपतिले लामो समय बिदा लिएको भन्दै बाइडेनको आलोचना भइरहेको छ ।

 

 

 

बाइडेनका सहयोगीहरूले अमेरिकी राष्ट्रपति जहिले पनि बिदामा गएको बेला आफ्नो काममा जोडिएको अवस्थामा रहने बताएका छन् । उसले नियमित रूपमा आवश्यक कलहरू प्राप्त गर्ने र सजिलै सम्पर्क गर्न सकिने अवस्थामा बसेको स्पष्ट गरेका छन् । बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेता हुन् ।

 

 

 

 

८० वर्षीय डेमोक्र्याट नेताले जनवरी २०, २०२१ मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए । उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएर अमेरिकाको राष्ट्रपति बनेका थिए ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९