भिनिसियस र एम्बाप्पेको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सिसिडाडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र किलीयन एम्बाप्पेले एक एक गोल गरेका थिए । दुवै गोल पेनाल्टीबाट भएका थिए ।

 

 

यो जितपछि रियल म्याड्रिडको ५ खेलमा ११ अंक भएको छ र लिगको दोस्रो स्थानमा उक्लिएको छ ।त्यस्तै रियल सोसीडाडको भने यस सिजनमा यो तेस्रो हार हो । ५ खेलमा ४ अंक रहेको सोसीडाड १६औं स्थानमा झरेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१