जिरोनामाथि बार्सिलोनाको शानदार जित, यमलको दुई गोल

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले जिरोनामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले जिरोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।बार्सिलोनाको जितमा लामिन यमलले २ गोल गरेका थिए । त्यस्तै डानी ओल्मो र पेड्रीले एक एक गोल गरेका थिए । त्यसैगरी जिरोनाका लागि क्रिस्टियन स्टुआनीले एक गोल गरेका थिए ।

 

 

यस खेलमा खेलको ८६औँ मिनेटमा फेरान टोरेजले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।यो जितपछि बार्सिलोनाले ला लिगामा लगातार पाँचौं जित हासिल गरेको छ । बार्सिलोनाको ५ खेलमा १५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी जिरोनाको ५ खेलमा ७ अंक रहेको छ र सातौं स्थानमा छ ।

 

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१