बायर्न म्युनिखको फराकिलो जित

काठमाडौँ । जर्मनी लिग बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले वेर्डेरलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।बायर्न म्युनिखको जितमा माइकल ओलीसले दुई गोल गरेका थिए थिए भने जमाल मुसियाला, ह्यारी केन र सेर्गी ग्नाब्रीले एक एक गोल गरेका थिए ।यो जितपछि बायर्न म्युनिखको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै वेर्डेरको ४ खेलमा ५ अंक रहेको छ र लिगमा १०औँ स्थानमा रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१