सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १७ सयले बढेपछि आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

 

 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १९२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१