सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

 

 

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्यमा तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१