अल्भारेजको निर्णायक गोलमा एटलेटिको म्याड्रिड विजयी

काठमाडौँ । एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत सेल्टा भिगोलाई पराजित गरको छ ।गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले सेल्टा भिगोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।एटलेटिको म्याड्रिडको जितमा खेलको ९०औं मिनेटमा जुलियन अल्भारेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।यो जितपछि एटलेटिको म्याड्रिडको ७ खेलमा १५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी सेल्टा भिगोको ७ खेलमा ९ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१