Baigyanik Media

Advertisement

Skip Ad

नख्खुमा भेटिएन सरकार !

काठमाडौँ । शनिबार बिहान उज्यालो हुदा नहुदै काठमाडौँ उपत्यका बाढीको चपेटामा पर्यो । खास गरि कोरिडोर र नदी किनारका बस्ती उज्यालो हुदा नहुदै डुबानमा पर्न शुरु भएका थिए । यसैबीच ललितपुर महानगरपालिका–१४ नखिपोटस्थित नख्खु खोलाको घटनाले सरकारको विपदमा राहत तथा उद्धारमा तयारी कस्तो छ भन्ने एक्सपोज भएको छ ।

 

नख्खु खोलाको बाढीले नदी किनारमा रहेको टहरो डुबाउँदा बिहानैदेखि चार जना टहरोमाथि चढेर उद्धारको याचना गरिरहे । टहरोको छतमा घन्टौं बस्दा पनि उद्धार हुन सकेन् । अन्तत: टहरो भत्कियो र चारै जनालाई बाढीले बगायो । बाढीले उनीहरुलाई बगाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो र आम मानिसले राजधानीमै नदेखिएको आक्रोस व्यक्त गर्न थाले । स्थानीयले बाढीमा बगेका तीन जनाको उद्धार गरेपनि राज्यले अपराह्न सम्म थाहा पाउन नै सकेन ।

 

 

अपराहन्न गृहमन्त्री रमेश लेखकलाई यस विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले भने- ‘नख्खु खोलामा मानिसहरु टहराको छतमा बसेको अवस्थामा हामी कोसिस गर्दा गर्दा पनि बचाउन सकेनौं । यसकाप्रति म दुःखी छु । हेलिकप्टर उडार रेस्क्यु गर्ने कुरामा भिजिविलिटी नभएका कारणले सकिएन ।’ राजधानीमै सरकारको विपदमा राहत र उद्धारको तत्परता यति कमजोर देखियो भने देशभरको अवस्था कस्तो होला सजिलै अनुमान गर्न सकिन्छ ।

 

 

नख्खु खोलामा यसरी बगे चार जना: 

नख्खु खोला किनारको टहरोमा चारवर्षदेखि रौतहटका ४० वर्षीय राजु साहको परिवार बस्थ्यो । राजुसहित उनका २८ वर्षीय भाई राज, दुईजना छोरीहरू ६ वर्षीया मेघना र ५ वर्षीया सेतु बसिरहेका थिए । उनीहरू फलाम वेल्डिङको काम गर्ने बताइएको छ । बिहान ७ बजेसम्म अवस्था नाजुक बनिसकेको र उनीहरु टहरोको छतमा बसेर उद्धारको गुहार लगाइरहेका थिए । स्थानीय जनप्रतिनिधिले नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासँग हेलिकप्टरमार्फत हवाई उद्धारका लागि भनेपनि प्रहरी केहि बेरमा उद्धारका लागि पर्याप्त संशाधन  बिना नै पुगेको स्थानीय प्रत्यक्षदर्शीले बताए । सामान्य डोरीको आधारमा उद्धारको प्रयास सम्भव नभएको  सार्बजनिक भिडियोमा देख्न सकिन्छ । अन्य समयमा व्यापक प्रचार गर्ने गरिएको नगर प्रहरी समेत संकटको समयमा उपस्थित नभएको स्थानीयको गुनासो छ ।

 

 

 

चारै जना टहरो भत्किएर बाढीमा बगेपछि हेरिरहेका स्थानीय ३३ वर्षीय चणिकलाल तामाङले बाढीमा पसेर तीन जनालाई सकुशल उद्धार गरेका थिए तर एक बालिकालाई भने उद्धार गर्न सकिएन र उनी बेपत्ता रहेकी छन् । उद्धारपछि तीन जनालाई पाटन अस्पताल पुर्याइएको थियो र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

 

 

 

उपत्यकामा ३२ जनाको मृत्यु

दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण उपत्यकाका तीन जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

वाशिङ्गटन डिसी (अमेरिका) ।  विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाउनुभएको छ । मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गर्नुभएको थियो । उक्त भेटको...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर...

चीनमा सुरुङ भत्किएपछि तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

झेनपिङ, शानक्सी, चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ । बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुरहरू मर्मतसम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने...

किसानलाई धान काट्ने चटारो

दाङ। लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ः०० बजे खेतमा धान काट्दै हुनुहुन्थ्यो । धान काट्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो, “अहिले मौसम खुलेको छ । धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ ।” चौधरीले...

फलामखानी सञ्चालन गर्न पदमार्ग निर्माण

पर्वत,  महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

नेपालसँग कुवेत पराजित

काठमाडौँ,  आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरेको १४२...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९