स्पेनका लिजेण्ड खेलाडी इनेस्टाले ४० बर्षमा लिए फुटबलबाट सन्यास

काठमाडौँ । स्पेनका लिजेण्ड फुटबलर आन्द्रे इनेस्टाले फुटबलबाट सन्यास लिएका छन् । ४० बर्षिय इनेस्टाले आफ्नो सन्यासको अक्टोबर ८ मा घोषणा गर्ने बताइएको छ ।इनेस्टा हाल युएई लिगको इमिरेट्स क्लबसँग आवद्ध रहेका छन् । इनेस्टाले अब कोचिङमा काम गर्ने बताइएको छ । उनले यस अघि नै बार्सिलोनाको कोचिङमा इच्छा देखाएका थिए ।बार्सिलोनाका लागि सन् २००० देखि २०१८ सम्म खेलेका इनेस्टाले सिनियर टिमका लागि ६७४ खेल खेल्दै ५७ गोल गरेका छन् ।बार्सिलोना छोडेपछि उनले जापानी क्लब भिसेल कोबेमा ५ बर्ष खेलेका थिए । इनेस्टाले स्पेनको राष्ट्रिय टिमबाट भने २०१८ मै सन्यास लिएका थिए ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१