शुक्रबार, भदौ २७, २०८२

दक्षिणी लेबनानमा इजरायलको ठुलो हवाई हमला

काठमाडौँ । लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा गएराती ठूलो विस्फोटको आवाज सुनिएको छ । बेरुतबाट आएको रिपोर्टका अनुसार यो क्षेत्र स्थानीय एयरपोर्टभन्दा बाहिर छ र इजरायलले हमला गरेको छ ।यस हमलाको निशाना कसलाई थियो भन्ने अहिलेसम्म स्पष्ट नभए पनि यो क्षेत्र हिजबुल्लाहको गढ रहेको छ । यसअघि इजरायली सेनाले मानिसहरूलाई यस क्षेत्रका दुईवटा भवनबाट बाहिर निस्कन आग्रह गरेको थियो ।

 

 

यसैबीच, लेबनानी सेनाले दक्षिणी लेबनानमा आफ्ना दुई सैनिक मारिएको जनाएको छ । इजरायलले यस क्षेत्रमा हिजबुल्लाह विरुद्ध जमीनी कारबाही गरिरहेको छ । इजरायली सेनाले पनि दक्षिणी लेबनानका धेरै गाउँहरू खाली गर्न सर्वसाधारणहरूलाई आदेश दिएको छ ।

 

 

इजरायलले पनि वेस्ट बैंकमा हमासविरुद्ध सैन्य कारबाही गरेको छ। वेस्ट बैंकका प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको बताएका छन्।अधिकारीहरुका अनुसार इजरायलले तुलकर्म शरणार्थी शिविरमा हवाई हमला गरेको छ । इजरायलले यस हमलामा हमासका वरिष्ठ सदस्य जाही यासर अब्द अल रजाक मारिएको बताएको छ ।

 

 

 

यसैबीच हिजबुल्लाहले इजरायलमा विहिबार २३० भन्दा बढी प्रोजेक्टाइल मिसाइल हमला गरेको छ । इजरायलले यो जानकारी दिदै साबि आक्रमणलाई ध्वस्त बनाएको र कुनै मानवीय क्षति नभएको बताएको छ । त्यस्तै हिजबुल्लाहले भने विहिबार ३२ आक्रमण मात्र गरेको दाबि गरेको छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९