रोनाल्डो र मानेको गोलमा अल नासर विजयी

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल ओरोबाहमाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा अल नासरले अल ओरोबाहलाई ३-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए । यो जितपछि अल नासरको ६ खेलमा १४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।त्यस्तै अल ओरोबाहको ६ खेलमा ७ अंक भएको छ र लिगमा ११औं स्थानमा रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१