
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।सोमबार सुन तोलामा ५०० रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस अघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।