नेपाल एयर लाइन्सले फूलपातीको दिन काठमाडौँ-भैरहवा-काठमाडौँ उडान गर्ने

काठमाडौँ । नेपाल एयर लाइन्सले फूलपातीको दिन काठमाडौँ-भैरहवा-काठमाडौँ उडान गर्ने भएको छ ।अहिले चाडपर्व र सडक अवरुद्ध बनेको समयमा हवाई क्षेत्रमा यात्रूको छाप बढेपछि नेपाल एयर लाइन्सले काठमाडौँ भैरहवा उडान गर्ने भएको हो ।नेपाल एयर लाइन्सका अनुसार फूलपातीको दिन बिहान ११ बजे काठमाडौँदेखि भैरहवा उडान हुने छ भने भैरहवाबाट १२: ३० बजे काठमाडौँका लागि उड्ने भएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१