जयवर्धने पुन: मुम्बई मुम्बई इण्डियन्सको मुख्य प्रशिक्षक

काठमाडौँ । आइपिएल टिम मुम्बई इण्डियन्सले श्रीलंकाका पुर्व ब्याट्सम्यान महिला जयवर्धनेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।मुम्बई इण्डियन्सले जयवर्धनेलाई पुन मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । उनी यसअघि २०१७ देखि २०२२ सम्म मुम्बईको प्रशिक्षक थिए । पछिल्लो दुई सिजन मुम्बईको प्रशिक्षक मार्क बाउचर रहेका थिए ।जयवर्धने प्रशिक्षक हुदा मुम्बईले २०१७, २०१९ र २०२० मा आइपिएलको उपाधि जितेको थियो । पछिल्लो सिजनमा भने मुम्बई पुछारमा रहेको थियो ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१