अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौँ । नेपालले अमेरिकाविरुद्धको टी- २० सिरिजको पहिलो खेलमा टस हारेको छ । अमेरिकी कप्तान मोनांक पटेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने यस खेलमा टस हारेसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

 

नेपाल र अमेरिकाबीच यस अघि २०१५ मा एक मात्र टी-२० खेल खेलिएको छ । टी-२० विश्वकप छनौट अन्तर्गतको सो खेल नेपालले जितेको थियो । त्यसयता नेपाल र अमेरिकाबीच टी-२० खेल भएको छैन ।

 

यस खेलमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, र सगर ढकाल खेलिरहेका छन् । नेपालले सिरिजको दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने तालिका छन् ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१