इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानको शानदार जित

काठमाडौँ । पाकिस्तानले इङल्याण्डविरुद्धको दोस्रो टेस्ट जितेको छ । शुक्रबार टेस्टको चौथो दिन पाकिस्तानले इङल्याण्डलाई १५२ रनले पराजित गरेको हो ।पाकिस्तानले दिएको २९७ रनको लक्ष्य पछाएको इङल्याण्ड १४४ रनमा अल आउट भएको थियो ।इङल्याण्डलाई अल आउट गर्न पाकिस्तानका नोमान अलीले ८ विकेट लिएका थिए भने साजिद खानले २ विकेट लिएका थिए ।

 

 

 

यस टेस्टमा पाकिस्तानले पहिलो इनिंगमा ३६६ रन बनाएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा २९१ रन बनाएको थियो । त्यस्तै पाकिस्तानले दोस्रो इनिंगमा २२१ रन बनाएपछि इङल्याण्डलाई २९७ रनको लक्ष्य दिएको थियो ।यो जितपछि ३ खेलको सिरिजमा १-१ को बराबरी भएको छ । अब टेस्टको तेस्रो खेल अक्टोबर २४ मा रावलपिण्डीमा हुने छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१