इरानमाथिको आक्रमण समाप्त भएको इजरायलको घोषणा

काठमाडौँ । इजरायली सेना (आईडीएफ) ले इरानी सैन्य लक्ष्यहरूमा आफ्नो आक्रमण अब समाप्त भएको बताएको छ ।सेनाले एक विज्ञप्ति जारी गर्दै इरानका धेरै क्षेत्रमा आफ्नो सटीक हमला पूरा गरेको र आफ्ना लडाकु विमानहरू सकुशल स्वदेश फर्किएको जानकारी दिएको छ ।यसअघि इजरायलको सेनाले ‘इरानको सैन्य लक्ष्यमा सटीक हमला’ गरिरहेको बताएको थियो। इरानको सरकारी सञ्चारमाध्यमले राजधानी तेहरानमा धेरै विष्फोटको आवाज सुनिएको पनि जानकारी दिएको थियो ।इजरायलले विश्वका अन्य सार्वभौम राष्ट्रहरू जस्तै इजरायली राष्ट्रसँग जवाफ दिने अधिकार र कर्तव्य रहेको भन्दै इरानमाथि जवाफी कारवाही शुरु गरेको बताएको थियो ।

 

 

इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले अक्टोबर ७, २०२३ पछि इरानको शासन र यस क्षेत्रका उसका सहयोगीहरूले लगातार इजरायलमा आक्रमण गरेको बताउदै आफुहरु रक्षात्मक र आक्रामक क्षमता पूर्ण रुपमा सक्रिय रहेको बताएका थिए । अक्टोबर १ मा इरानको मिसाइल आक्रमणको जवाफमा इजरायलले यी आक्रमणहरू गरेको बताएको छ । राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।समाचार एजेन्सी रोयटर्सले इरानको सरकारी टिभीलाई उद्धृत गर्दै इरानी गुप्तचर अधिकारीले इरानको वायु रक्षा प्रणाली सक्रिय भएको कारण ठूलो आवाजमा विस्फोट भएको हुन सक्ने बताएको बताएको थियो ।

 

 

 

यद्यपी इजरायलले इरानमा कुन किसिमको सैन्य निशाना बनाएको छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।समाचार एजेन्सी एएफपीले इरानको सरकारी टिभी च्यानलमार्फत तेहरानका दुई विमानस्थल ‘सामान्य’ रूपमा सञ्चालन भइरहेको बताएको छ।ह्वाइट हाउसले इरानमा इजरायलको आक्रमणबारे आफूलाई जानकारी रहेको बताएको छ । यद्यपी आक्रमण कुन स्तरमा र कुन स्थानमा भएको हो भन्ने खुल्न सकेको छैन ।सिरियाको सरकारी समाचार एजेन्सीले इजरायली सेनाले सिरियाको मध्य र दक्षिणी क्षेत्रमा रहेका केही सैन्य लक्ष्यमा पनि आक्रमण गरेको जनाएको छ ।इरानले इजरायलमा अक्टोबर १ मा २ सय भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१