इजरायलको आक्रमणमा दुई इरानी सेनाको मृत्यु

काठमाडौँ । इजरायलले शनिबार बिहान इरानमा गरेको हवाई हमलामा दुई इरानी सैनिकको मृत्यु भएको छ ।इरानको आधिकारिक मिडिया रिपोर्टका अनुसार इरानी सेनाले इजरायली हवाई आक्रमणमा आफ्ना दुई सैनिकको मृत्यु भएको जनाएको छ ।

 

 

सेनालाई उद्धृत गर्दै इरानको सरकारी समाचार एजेन्सी आइआरएनएले भनेको छ- ‘इस्लामिक गणतन्त्र इरानको सेनाले इरानको सुरक्षा र जनता र इरानको हितको रक्षा गरिरहेको छ । आपराधिक यहूदी शासनको हवाई हमलाको सामना गर्ने क्रममा हाम्रा दुई सैनिक मारिए ।’

 

 

इरानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलको आक्रमणको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको ‘उल्लंघन’ भनेको छ । इरानको विदेश मन्त्रालयले संयुक्त राष्ट्र बडापत्रको धारा ५१ लाई उद्धृत गर्दै भन्यो, ‘इरानको इस्लामिक गणतन्त्रलाई यस विदेशी आक्रमणको बिरूद्ध आफ्नो रक्षा गर्ने अधिकार छ ।’यसैबीच इरान समर्थित सशस्त्र समूह हमासले इजरायलको यो आक्रमणको निन्दा गरेको छ । हमासले इरानी सैन्य लक्ष्यमा इजरायलको आक्रमणको कडा निन्दा गरेको जनाएको छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१