साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालको अपराजित यात्रा कायम रहेको छ ।गएराती सम्पन्न खेलमा अल हिलालले यस सिजनको आठौँ जित हासिल गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ ।अल हिलालले अल टाओउनलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिक र सेर्गेज मिलिनकोभिकले एक एक गोल गरेका थिए ।

 

 

यो जितपछि अल हिलालको ८ खेलमा २४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ ।अल हिलाल दोस्रो स्थानमा रहेको अल इतिहाद भन्दा ३ अंकले र तेस्रो स्थानमा रहेको अल नासर भन्दा ६ अंकले अगाडी रहेको छ ।त्यसैगरी अल टाओउनको भने ८ खेलमा ११ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१