पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए नेपाल र भारत

काठमाडौँ । जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको पहिलो हाफ बराबरीमा सकिएको छ ।काठमाडौँस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको हो ।नेपालले खेलमा केहि गोल गर्ने अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन । तर पहिलो हाफको धेरै जसो समय नेपालले भारतमाथि दबाब बनाएको थियो ।

 

 

 

भारतले खेलको शुरुमै आक्रामक शुरुवात गरेपनि गोलमा परिणत भने गर्न सकेन ।आजको यस खेलको विजेताले बुधबार हुने फाइनल खेलमा बंगलादेशको सामना गर्ने छ । बंगलादेशले आजै सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई ७-१ गोल अन्तरले पराजित गरेको थियो ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१