बालोन डो अर अवार्डमा खेलाडीले पाएको अंक सूची लिक !

काठमाडौँ । यस बर्षको बालोन डो अर अवार्ड आज राति घोषणा हुदै छ । २०२३-२४ सिजनको उत्कृष्ट खेलाडीको प्रतिष्ठित अवार्ड आज दिन लागिएको हो ।फ्रान्सको फुटबल फेडेरेसनले हरेक बर्ष दिने यो अवार्ड २००८ देखि पहिलो पटक लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो बाहेक तेस्रो खेलाडीले पाउदै छन् । यस अघि २०१८ मा लुका मोड्रीच र २०२२ मा करिम बेन्जमाले पाएका थिए ।यस बर्ष भने मेसी र रोनाल्डो दुवै मनोनयनमा परेका थिएनन् । गत बर्ष यो अवार्ड मेसीले जितेका थिए ।

 

 

अब यस बर्ष भने यो अवार्ड ब्राजिलका भिनिसियस जुनियरले जित्ने बताइएको छ । अवार्ड अगाडी बेलुन डो अर अवार्डमा खेलाडीले पाएको अंकको सुची सामाजिक सञ्जालमा भाइरल भएको छ ।जसमा रियल म्याड्रिडबाट खेल्ने भिनिसियस् ६३० अंकसहित शिर्ष स्थानमा रहेको उल्लेख छ ।त्यस्तै म्यानचेस्टर सिटीबाट खेल्ने स्पेनिस खेलाडी रोड्री ५७६ अंकसहित दोस्रो स्थानमा रहेका छन् । रियल म्याड्रिडबाट खेल्ने इङल्याण्डका जुडे बेलिङघम ४२२ अंकसहित तेस्रो स्थानमा रहेका छन् ।यसको आधिकारिकता बारे स्पष्ट जानकारी नभएपनि भिनिसियसलाई यस बर्षको बेलुन डो अर अवार्डका लागि सबै भन्दा प्रबल दाबेदार मानिएको छ ।

 

 

उनले गत सिजनमा रियल म्याड्रिडलाई च्याम्पियन्स लिग जिताउनेक्रममा १० खेलमा ६ गोल र ४ असिस्ट गरेका थिए । त्यस्तै ला लिगामा २६ खेलमा उनको २४ गोलमा योगदान थियो ।रियल म्याड्रिडले गत सिजनको ला लिगा र च्याम्पियन्स लिग दुवै जितेको थियो ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१