पाख्रिवासका पहिरो पिडितलाई आर्थिक सहयोग

धनकुटा (पाख्रिबास) । गत असोज १२ गते पहिरोमा पुरिएर ज्यान गुमाएका धनकुटाको पाख्रिबास नगरपालिका ५ का  श्रीमती  आशा तामाङ्ग र उनकी आमा लक्ष्मीशोभा तामाङको सम्झनामा   नेपाल कम्युनिष्ट पार्टी(एमाले) नगर कमिटि पाख्रिबासको तर्फबाट शोक सभा तथा राहत बितरण कार्यक्रमको आयोजना गरिएको छ ।कार्यक्रममा पिडित  परिवारलाई पाख्रिबास नगर कमिटिले नगद  रु १ लाख १ हजार १ सय ११ रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

 

 

उक्त सहयोग रकमको नगद नेकपा एमाले केन्द्रिय सदस्य,  नेकपा एमाले जिल्ला इन्चार्ज,पूर्वमन्त्री एवं संघिय सांसद राजेन्द्र कुमार राईले पिडित परिवारका सदस्य सन्तोष तामाङलाई   आज हस्तान्तरण गरेका छन् ।सोहि अवसरमा नेपाल नेकपा एमाले जिल्ला कमिटि  धनकुटाले पनि  पिडित परिवारलाई समवेदना पत्र  हस्तान्तरण गरेको थियो ।

 

 

 

कार्यक्रममा सोही  घटनामा घाइते निम माया तामांगको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नगर कमिटिकै तर्फबाट नगद रु ५ हजार ५ सय रुपैया वहांको श्रीमान योगेन्द्र तामांगलाई सांसद राईले हस्तान्तरण गरेको थियो ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१