कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख

काठमाडौँ । लेबनानको सशस्त्र समूह हिजबुल्लाहले नइम कासिमलाई आफ्नो नयाँ प्रमुखमा चयन गरेको छ ।यसअघि उनी समूहको उपमहासचिव थिए । यसका नेता हसन नसरल्लाह लेबनानको बेरुतमा इजरायली हवाई आक्रमणमा मारिएका थिए । हिजबुल्लाहको सिनियर काउन्सिलले नइमलाई नयाँ प्रमुख चयन गरेको हो ।  हालै इजरायलले हिजबुल्लाहका धेरै वरिष्ठ नेताहरूलाई मारेको छ । हसन नसरल्लाहपछि उनको उत्तराधिकारी मानिने हाशिम सफीद्दीन पनि इजरायली आक्रमणमा मारिएका थिए ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१