चीनको शेनझोउ मिसन सफल

काठमाडौँ । चीनले तीन अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाएको छ । तीन अन्तरिक्ष यात्री बोकेको चीनको अन्तरिक्ष यान ६ घण्टाको यात्रापछि तियाङगोङ अन्तरिक्ष स्टेशन पुगेको छ ।यी युवा अन्तरिक्ष यात्रीहरूमा देशकै पहिलो महिला अन्तरिक्ष इन्जिनियर पनि पर्छन् । यो चीनको आफ्नै स्पेस स्टेशन हो । यहाँ अन्तरिक्ष यात्रीहरूले आगामी छ महिनासम्म प्रयोग र अन्तरिक्ष पदयात्रा गर्नेछन् ।यी अनुभव र यसबाट प्राप्त जानकारी सङ्कलन गरी सन् २०३० सम्ममा चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य रहेको छ ।

 

 

चीनले शेनझोउ-१९ अन्तरिक्ष यानको प्रक्षेपण सफल भएको घोषणा गरेको छ । चीनको यी प्रयासलाई हेरेर अन्तरिक्ष दौडमा आफ्नो प्रतिद्वन्द्वी अमेरिकालाई उछिन्न चाहेको बताइएको छ ।करिब दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्तरिक्ष उद्योगको विकास गरी चीनलाई अन्तरिक्ष शक्ति बनाउने सपना रहेको बताएका थिए ।यस मिसनको पाइलट काई शुजे हुन् । अनुभवी शुजे सन् १९९० को दशकमा जन्मिएका अन्तरिक्ष यात्रीहरूको नयाँ पुस्तासँग यात्रा गरिरहेका छन् ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१