हङकङ सिक्सेस: इङल्याण्डले नेपाललाई दियो ९८ रनको लक्ष्य

काठमाडौँ । हङकङ सिक्सेस अन्तर्गत इङल्याण्डले नेपाललाई ९८  रनको लक्ष्य दिएको छ ।टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५.५ ओभरमा अलआउट हुदै ९७ रन बनाएको हो ।इङल्याण्डका लागि कप्तान रवि भोपाराले ४९ रन बनाएका थिए भने समित पटेलले ३९ रन बनाएका थिए ।त्यस्तै नेपाली बलर प्रतिष जिसीले २ विकेट लिएका थिए भने नारायण जोशी, बिबेक यादव र लोकेश बमले एक एक विकेट लिएका थिए ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१