स्पेनको बाढीग्रस्त क्षेत्र पुगेका राजारानीको विरोध

काठमाडौँ । स्पेनको भ्यालेन्सियामा आएको भिषण  बाढीबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ ।यसैबीच बाढीग्रस्त क्षेत्रको भ्रमणका क्रममा स्पेनका राजा फिलिप र रानी लेटिजियाको जनताले विरोध गरेका छन् । जनताले राजा फिलिपलाई हिलोले हानेका थिए ।जनताको विरोधपछि राजा फिलिप र रानी लेटिजियाले आफ्ना सबै भ्रमण स्थगित गरेका छन् ।स्थानीय सञ्चारमाध्यमका अनुसार भ्यालेन्सियाको भ्रमणपछि राजा फिलिप र रानी लेटिजिया पश्चिममा रहेको चिभाको भ्रमण गर्ने कार्यक्रम रहेको थियो ।

 

 

यसअघि भ्यालेन्सियामा भएको प्रदर्शनपछि प्रहरीले चिभाको भ्रमणका क्रममा सडक अवरुद्ध गरेको थियो ।भ्यालेन्सियामा राजा फिलिपविरुद्ध आम जनताले गरेको विरोधपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई पनि भ्यालेन्सियाको पिपोर्टाबाट सकुशल निकालिएका थिए ।स्पेनिस च्यानल ला सेक्स्टाका अनुसार नागरिकहरूले प्रधानमन्त्रीलाई ‘विरोध र आक्रमण’ गरेका थिए भने केहीले उनलाई माटो र अन्य वस्तुहरूले हानेका थिए ।यसैबीच मौसम पूर्वानुमान महाशाखाले सो क्षेत्रमा फेरी ठुलो बर्षा हुने चेतावनी जारी गरेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१