जापानको प्रधानमन्त्रीमा इशिबाकै निरन्तरता

काठमाडौँ । इशिबा शिगेरु जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । लिबरल डेमोक्रेटिक पार्टीका नेता इशिबा जापानको तल्लो सदनमा भएको निर्वाचनमा निर्वाचित हुदै जापानको १०३औ प्रधानमन्त्री बनेका हुन् ।४६५ सदस्यीय जापानको तल्लो सदनमा भएको दोस्रो राउण्डको मतदानमा इशिबाको पक्षमा २२१ मत परेको थियो भने उनका प्रतिद्वन्दी विपक्षी नेता योशिहिनको नोडाले १६० मत प्राप्त गरेका थिए । त्यस्तै ८४ मत बदर भएका थिए ।पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमतका लागि आवश्यक २३३ मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको थियो ।गत सेप्टेम्बरमा सम्पन्न आम निर्वाचनमा सत्तारुढ दलले बहुमत गुमाएपनि सत्ताबाट बाहिरिन भने नपर्ने भएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१