रुपर्ट मुर्डोकको मिडिया साम्राज्यको उत्तराधिकारी को बन्ला ?

९३ वर्षीय मिडिया मुगल रुपर्ट मुर्डोक आफ्नो मिडिया साम्राज्यको उत्तराधिकारीको विषयमा आफ्ना चारमध्ये तीन सन्तानसँग कानुनी लडाइँमा फसेका छन् । सेप्टेम्बरमा अमेरिकाको नेभाडा राज्यको रेनो शहरको एक अदालतमा यस मुद्दाको सुनुवाइ सुरु भएको थियो । रुपर्ट मर्डोकलाई उनका छोराछोरी जेम्स, प्रुडेन्स र एलिजाबेथले साथ दिएका छन् । बन्द ढोकामा भएका सुनुवाइपछि, न्यायाधीशले मुर्डोकका चार छोराछोरी मध्ये कसलाई करिब पच्चीस वर्ष अघि स्थापना गरेको मिडिया ट्रस्टको नियन्त्रण सुम्पने भन्ने निर्णय गर्नुपर्ने भएको छ ।

 

मुर्डोकको बिलियन डलरको मिडिया कम्पनी न्यूज कर्पसँग फक्स न्यूज, द वाल स्ट्रीट जर्नल र बेलायतको सन अखबारसहितका विश्वभरि सयौं अखबार र टेलिभिजन च्यानलहरू छन् । यस साम्राज्यको नियन्त्रणको लागि मुर्डोक परिवार भित्र चलिरहेको लडाई प्रख्यात टिभी शृंखला ‘सक्सेसन’ को कथा जस्तै छ, जसमा एकअर्कालाई चकित पार्ने षड्यन्त्र र चालहरू रहेको बताइन्छ । विगत सत्तरी वर्षमा, मुर्डोकले आफ्नो मिडिया साम्राज्य मार्फत धेरै विश्व नेताहरूलाई प्रभाव पारेका छन्, तर अहिले उनी ९३ वर्षका पुगेका छन् र आफ्नो विरासत सुनिश्चित गर्न चाहेका छन् ।

साम्राज्यको उदय

मिडिया संसारमा मुर्डोक परिवारको प्रवेश पछिल्लो शताब्दीको पहिलो आधामा सुरु भयो । मुर्डोकका बुबा किथ अष्ट्रेलियाका प्रसिद्ध अखबारका सम्पादक थिए । पछि उनले आफ्नै अखबार प्रकाशित गर्न थाले र उनको पछि यो व्यवसाय उनको छोरा रुपर्टले लिने निर्णय गरे । रूपर्टका बुबाले आफ्नो सद्भावना र प्रतिष्ठालाई एडिलेडमा मिडिया कम्पनी बनाउन प्रयोग गरे र १९५२ मा उनको मृत्यु पछि, रूपर्टले यसलाई विरासतमा पाए । रुपर्टले पछि यो कम्पनीलाई आफ्नो आधार बनाएर मिडिया साम्राज्य निर्माण गरे । त्यतिबेला रुपर्ट मात्र २३ वर्षका थिए र उनले अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन पूरा गरेका थिए ।

 

त्यसबेला उनी वामपन्थी विचारधाराबाट प्रभावित भएको बताइएको छ । उनले आफ्नो कोठामा लेनिनको मूर्ति पनि राखेका थिए । पत्रिकाको मालिक भएकाले सुरुका दिनमा उनले सरकारलाई चुनौती दिन थाले । त्यसबेला उनले अष्ट्रेलियाको रूढिवादी व्यवस्थालाई चुनौती दिन थाले र त्यतिबेला उनको सोच र तरिका पनि विवादले घेरिएको थियो ।

 

१९५९ मा एक नाटकीय मोड आयो, जब रुपर्टको अखबारले रूपर्ट म्याक्सवेल स्टुअर्ट नामको मूल निवासीको पक्षमा रिपोर्ट गर्यो । यो व्यक्ति ९ वर्षीया बालिकाको हत्या गरेको अभियोगमा दोषी ठहर भएको थियो । रुपर्टको अखबारले त्यो मुद्दामा सुनवाई निष्पक्ष ढंगले सञ्चालन नभएको रिपोर्ट गर्यो । अखबारको अभियानको नतिजा त्यो व्यक्तिलाई दिइएको मृत्युदण्ड खारेज भयो । तर यो अभियान अन्तर्गत सरकारले रुपर्ट र उनको पत्रिकाको रिपोर्टिङ विरुद्ध मुद्दा दायर गर्यो । सो मुद्धाको सुनुवाइको क्रममा सरकारी वकिलले भडकाऊ हेडलाइन्स बनाउने लगायत अन्य धेरै प्रमाणहरू पेश गरेको बताइएको छ । अन्ततः रूपर्टविरुद्धको आरोप फिर्ता लिइयो र रुपर्टले आफ्नो सम्पादकलाई बर्खास्त गरे ।

 

तर, सत्तामा रहेकाहरूसँग झगडा गर्नुको सट्टा आफ्नो प्रभाव बढाएर सरकारविरुद्ध प्रयोग गर्नु राम्रो हुन्छ भन्ने पाठ यस घटनाबाट उनले सिकेका बताएका थिए । त्यो घटनापछि मात्रै उनले सरकारमा प्रभाव पार्न आफ्नो पत्रिका प्रयोग गर्न थाले । त्यसपछि उनले सिड्नीको मिडिया बजारमा आफ्नो स्थान बनाउन थाले । पछि रुपर्टले कम्जोर अवस्था भएका अखबार प्रकाशन कम्पनीहरू किन्न थाले । यसरी उनले नयाँ बजारमा ठाउँ सृजना गरी किनेका पत्रपत्रिकालाई आफ्नो विचारअनुसार ढालेर नाफा कमाउन थाले । अष्ट्रेलियापछि उनले विदेशमा पनि यो व्यवसायको मोडल अपनाए । अष्ट्रेलियापछि उनको व्यवसाय बेलायतमा फैलियो ।

किङ मेकर 

डेभिड फोल्केनफ्लिक, एनपीआर न्यूजका मिडिया मामिला संवाददाता र पुस्तक ‘मर्डोकको वर्ल्ड – द लास्ट अफ द ओल्ड मिडिया एम्पायर’ का लेखक भन्छन्, रूपर्टको मानिसहरूले पढ्न वा हेर्न चाहेको समाचार प्रकाशित गर्नुपर्छ भन्ने विश्वास थियो । सन् १९६० को दशकमा रुपर्टले बेलायतको समाचारपत्र ‘न्यूज अफ द वर्ल्ड’ किनेका थिए । सनसनीपूर्ण समाचारका कारण यो पत्रिका लोकप्रिय भएको थियो । त्यसपछि उनले ‘सन’ पत्रिका किने । यस पत्रिकामा यौन, अपराध, खेलकुद र मनोरञ्जनका समाचारलाई बढी जोड दिइन्छ । योसँगै बेलायती समाजका माथिल्लो वर्गका मानिसहरूका घोटालाहरूको पनि चर्चा गर्ने गर्दछ । यस अखबारको मूल मन्त्र भनेको मानिसहरूले पढ्न चाहेको कुरा उनीहरूलाई सेवा दिनुपर्छ भन्ने हो ।

 

१९७० मा, रुपर्टले अमेरिकाको मिडिया संसारमा आफ्नो खुट्टा स्थापित गर्न थाले । त्यहाँ उनले पहिले सान एन्टोनियो एक्सप्रेस न्यूज अखबार र त्यसपछि न्यु योर्क पोस्ट किने । त्यसपछि उनी टेलिभिजन कम्पनीतिर लागे । १९८५ मा, उनले ट्वान्टीथ सेन्चुरी फक्सको फिल्म उत्पादन इकाई खरिद गरे र त्यसपछि धेरै टेलिभिजन कम्पनीहरू किने जुन पछि फक्स नेटवर्क भनेर चिनिन थाल्यो ।

 

त्यसपछि उनले अमेरिकी फुटबल एनएफएल खेलहरू प्रसारण गर्ने अधिकारहरू किने, जुन एक लाभदायक सम्झौता साबित भयो । फक्स न्यूज १९९६ मा बजारमा प्रवेश गर्यो । यस अवधिमा रुपर्टले बेलायतमा द टाइम्स र सन्डे टाइम्स पत्रिकाहरू किनेका थिए । यी पहिले स्वतन्त्र अखबारहरू थिए, तर रुपर्टको नियन्त्रणमा आएपछि तिनीहरूको राजनीतिक झुकाव दक्षिणपन्थी भयो । त्यसपछि १९८९ मा रुपर्टले स्काई टेलिभिजन सुरु गरे । यी मिडिया सञ्जालबाट उनीहरूले आर्थिक फाइदा मात्रै पाएनन्, राजनीतिमा आफ्नो प्रभाव पनि बढाए ।

 

उनले प्रधानमन्त्री वा प्रधानमन्त्री पदका दावेदारहरूसँग भेटघाट गरेको बारम्बार देखाइने गर्न थालियो । यी राजनीतिज्ञहरू हजारौं माइलको यात्रा गरी रुपर्टलाई भेट्न न्यूयोर्क आउँदै गरेको देखाइन थालियो । २००७ मा वाल स्ट्रीट जर्नल खरिद गरेर, रुपर्टले अमेरिकी राजनीति र वित्तमा आफ्नो स्थानलाई अझ बलियो बनाए । धेरै सरकारका नेताहरूले रुपर्टलाई खुसी राख्न खोज्न थाले । सरकारहरुले रुपर्टलाई करमा छुट दिनुका साथै उनले उनीहरूका लागि अनुकूल नीति नियमहरू अपनाउन थाले ।

 

२०१६ मा, फक्स न्यूजले डोनाल्ड ट्रम्पको अभियानलाई समर्थन गर्न थाल्यो र अर्को चार वर्षसम्म उनले आफ्नो राष्ट्रपतिको कार्यकालमा डोनाल्ड ट्रम्पलाई समर्थन गर्न जारी राखेको थियो । यस अवधिमा फक्स न्यूजले पनि धेरै नाफा कमाएको बताइन्छ । सन् २०२० मा चुनाव हारेपछि ट्रम्पले मतदानमा धाँधली भएको आरोप लगाएका थिए । फक्स न्यूजले यी आरोपहरू धेरै पटक दोहोर्यायो । यसले फक्स न्यूजको प्रतिष्ठामा चोट पुर्‍यायो र यसले घाटा पनि बेहोर्नुपररेको थियो । अन्ततः, २०२३ मा, उनले आफ्नो लोकप्रिय कार्यक्रमको होस्ट टकर कार्लसनलाई हटाए ।यसपछि उनले कानुनी मामिला मिलाउन ७८ करोड डलर तिर्नुपर्ने भयो । रुपर्टको लागि, यो एक संकेत थियो कि ट्रम्पलाई समर्थन गर्नु उसलाई महँगो महँगो परेको थियो ।

रुपर्टको साम्राज्यको उत्तराधिकारी

रूपर्ट मुर्डोक र उनकी दोस्रो पत्नी बीचको १९९९ मा सम्बन्ध विच्छेद हुदा एक ट्रस्ट सिर्जना गरे जसमा उनको मिडिया साम्राज्य न्यूज कर्पोरेशन र फक्स कर्पोरेशनको बोर्डमा भोटिङ अधिकारको चालीस प्रतिशत उनका चार छोराछोरीहरूमा बाँडिएको थियो । तर त्यसयता धेरै परिवर्तन भएको छ । किनभने रूपर्टका तीन नयाँ पत्नीहरू बाहेक, थप दुई बच्चाहरू पनि थपिएका छन् । अब रुपर्ट ट्रस्टको नियम परिवर्तन गर्न चाहन्छन् र भोटिङको अधिकार चार सन्तानमा बाँड्नुको सट्टा सबै अधिकार आफ्नो जेठो छोरा लाचलान मुर्डोकलाई मात्र दिन चाहन्छन् । यसका लागि उनले नेभाडाको एक अदालतमा निवेदन दिएका छन् ।

 

लचलान मुर्डोकले मिडिया कम्पनीहरूलाई पहिल्यै नियन्त्रणमा राखेको बताइन्छ । यदि उनले यी कम्पनीहरू सञ्चालन गर्ने पूर्ण प्रशासनिक अधिकार भएको भए आफ्नो रणनीतिलाई अझ राम्ररी लागू गर्न र कम्पनीहरूलाई फाइदा पुर्‍याउन सक्ने बताइएको छ ।  रूपर्टका छोरीहरू प्रुडेन्स र एलिजाबेथ मिडिया साम्राज्यको सम्पादकीय झुकावसँग सहमत छैनन् । उही समयमा, लचलानका कान्छो भाइ जेम्स मुर्डोकले पनि फक्स न्यूजको सम्पादकीय प्रवृत्तिसँग असन्तुष्टिको कारणले फक्स न्यूजबाट राजीनामा दिएका थिए । तर सत्य यो पनि हो कि यो दक्षिणपन्थी प्रवृत्तिका कारण यी मिडिया कम्पनीहरूले नाफा कमाउन थालेका छन् । यदि यी कम्पनीहरूको राजनीतिक कभरेज परिवर्तन भयो भने, यसले कम्पनीको मूल्यमा गिरावट ल्याउने पनि बताइन्छ ।

 

तिनीहरूको लोकप्रियता कम हुनेछ, जसले विज्ञापन राजस्व कम हुने छ । यदि फक्स नेटवर्कको कभरेज जेम्स मुर्डोकको इच्छा अनुसार मोडरेट गरिएको थियो भने, कम्पनीले घाटा भोग्ने बताइन्छ ।यो तर्क रुपर्टले अदालतमा गरिरहेका छन् । रुपर्टका छोराछोरीहरूमा विचारधाराको भिन्नता छ, तर यदि यो मुद्दा अदालतमा पुग्यो भने, यसले कम्पनीको व्यवसायमा नकारात्मक असर गर्ने निश्चित छ ।

 

मिडिया कम्पनीहरूको मुद्दा अदालतमा पुग्यो भने यसले कम्पनीको काममा अराजकता सिर्जना गर्छ र कम्पनीलाई नोक्सान पुर्‍याउँछ किनभने यसले लगानीकर्ताहरूको हात फिर्ता हुने छ । यस मामिलामा अदालतको निर्णय पछि, रुपर्टको  परिवारका यी सदस्यहरूले यो विषयलाई थप तान्नुको सट्टा यसलाई स्वीकार गर्नेछन् र यो विवादलाई पूर्ण विराम लगाएर अगाडि बढ्ने विश्वास गरिएको छ ।

साम्राज्यको भविष्य

न्युज कर्प र फक्स कर्पोरेशनको भविष्यले कम्पनीहरू चलाउन लाचलान मुर्डोकले पूर्ण मतदान नियन्त्रण पाउँछ कि हुँदैन भन्ने कुरामा निर्भर हुने बताइन्छ । यो स्पष्ट छ कि रूपर्ट मुर्डोकले आफ्नो मन परिवर्तन गरिसकेका छन् र अब उनी लाचलानलाई न्यूज कर्प र फक्स कर्पको अध्यक्ष र सीईओको रूपमा नियुक्त गर्न चाहन्छन् ताकि उनले यो मिडिया साम्राज्यलाई अर्को चरणमा लैजान सकून् ।

 

रुपर्ट लामो समयदेखि लाचलानसँग काम गर्दै आएका छन् र उनलाई विश्वास गर्छन् । उनी आफ्ना अन्य छोराछोरीहरू लाचलनको विरुद्धमा लडाउन चाहँदैनन् । तर उनको यो कदमले पक्कै पनि उनका छोराछोरीहरूबीच असन्तुष्टि भने पैदा गरेको छ ।

 

सैद्धान्तिक रूपमा लाचलानले आफ्ना भाइबहिनीहरूको मतदान अधिकार किन्न सम्भव हुन सक्छ । तर धेरै मानिसहरू यसमा संलग्न छन् र यसको लागि धेरै पैसा चाहिन्छ । मुर्डोक भाइबहिनीहरूबीच सम्झौताको लागि वार्ता भइरहेको अफवाह पनि छ । यसले पैसाको बदलामा लाचलानले आफ्ना भाइबहिनीहरूको मतदान अधिकार प्राप्त गर्ने विकल्पको बारेमा पनि छलफल भैरहेको पनि चर्चा छ । यसका लागि उनीहरूलाई कति पैसा चाहिन्छ भन्न भने गाह्रो रहेको छ ।

 

रूपर्टले केही समय राजनीतिमा ठूलो भूमिका खेले । तर अहिले मानिसहरू, विशेष गरी युवाहरूले पत्रपत्रिका पढ्न कम गरेका छन्, जससँगै त्यो युगको अन्त्य हुँदैछ । अहिले पत्रपत्रिकाको ठाउँमा नयाँ मिडिया आएका छन्, जसको प्रभाव बढी छ । मलाई लाग्छ इन्टरनेटको नयाँ संसारमा उस्तै भूमिका अरू कसैले खेल्न सक्नेछैन ।

 

चालीस वा पचास वर्ष उमेर समूहका मतदातामा परम्परागत सञ्चारमाध्यमले केही प्रभाव पारेको भए पनि अहिले त्यो प्रभाव पहिलेको जस्तो छैन । मुर्डोक साम्राज्यको उत्तराधिकारी छनोट गर्ने सवाल छ, रूपर्ट मुर्डोक लाचलानलाई छनोट गर्न चाहन्छन्, तर अब प्रश्न यो छ कि अदालतले उनलाई त्यसो गर्न अनुमति दिन्छ या दिदैंन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

रास्वपाको सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

काठमाडौँ,   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुने छ ।सभापति लामिछानेको स्वास्थ्य अवस्थाका कारण यसअघि आज बस्ने भनिएको सचिवालय बैठक भोलि...

बजारमा ग्यास अभाव, आयात भने नियमित

सिद्धार्थनगर (भैरहवा), भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् ।स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ (गलकोट),  बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ ।आवश्यक खोप र जनशक्ति दादुरा प्रभावित क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा पुगेर शुक्रबार खोप लगाइएको हो । ढोरपाटनको...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९