रुपर्ट मुर्डोकको मिडिया साम्राज्यको उत्तराधिकारी को बन्ला ?

९३ वर्षीय मिडिया मुगल रुपर्ट मुर्डोक आफ्नो मिडिया साम्राज्यको उत्तराधिकारीको विषयमा आफ्ना चारमध्ये तीन सन्तानसँग कानुनी लडाइँमा फसेका छन् । सेप्टेम्बरमा अमेरिकाको नेभाडा राज्यको रेनो शहरको एक अदालतमा यस मुद्दाको सुनुवाइ सुरु भएको थियो । रुपर्ट मर्डोकलाई उनका छोराछोरी जेम्स, प्रुडेन्स र एलिजाबेथले साथ दिएका छन् । बन्द ढोकामा भएका सुनुवाइपछि, न्यायाधीशले मुर्डोकका चार छोराछोरी मध्ये कसलाई करिब पच्चीस वर्ष अघि स्थापना गरेको मिडिया ट्रस्टको नियन्त्रण सुम्पने भन्ने निर्णय गर्नुपर्ने भएको छ ।

 

मुर्डोकको बिलियन डलरको मिडिया कम्पनी न्यूज कर्पसँग फक्स न्यूज, द वाल स्ट्रीट जर्नल र बेलायतको सन अखबारसहितका विश्वभरि सयौं अखबार र टेलिभिजन च्यानलहरू छन् । यस साम्राज्यको नियन्त्रणको लागि मुर्डोक परिवार भित्र चलिरहेको लडाई प्रख्यात टिभी शृंखला ‘सक्सेसन’ को कथा जस्तै छ, जसमा एकअर्कालाई चकित पार्ने षड्यन्त्र र चालहरू रहेको बताइन्छ । विगत सत्तरी वर्षमा, मुर्डोकले आफ्नो मिडिया साम्राज्य मार्फत धेरै विश्व नेताहरूलाई प्रभाव पारेका छन्, तर अहिले उनी ९३ वर्षका पुगेका छन् र आफ्नो विरासत सुनिश्चित गर्न चाहेका छन् ।

साम्राज्यको उदय

मिडिया संसारमा मुर्डोक परिवारको प्रवेश पछिल्लो शताब्दीको पहिलो आधामा सुरु भयो । मुर्डोकका बुबा किथ अष्ट्रेलियाका प्रसिद्ध अखबारका सम्पादक थिए । पछि उनले आफ्नै अखबार प्रकाशित गर्न थाले र उनको पछि यो व्यवसाय उनको छोरा रुपर्टले लिने निर्णय गरे । रूपर्टका बुबाले आफ्नो सद्भावना र प्रतिष्ठालाई एडिलेडमा मिडिया कम्पनी बनाउन प्रयोग गरे र १९५२ मा उनको मृत्यु पछि, रूपर्टले यसलाई विरासतमा पाए । रुपर्टले पछि यो कम्पनीलाई आफ्नो आधार बनाएर मिडिया साम्राज्य निर्माण गरे । त्यतिबेला रुपर्ट मात्र २३ वर्षका थिए र उनले अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन पूरा गरेका थिए ।

 

त्यसबेला उनी वामपन्थी विचारधाराबाट प्रभावित भएको बताइएको छ । उनले आफ्नो कोठामा लेनिनको मूर्ति पनि राखेका थिए । पत्रिकाको मालिक भएकाले सुरुका दिनमा उनले सरकारलाई चुनौती दिन थाले । त्यसबेला उनले अष्ट्रेलियाको रूढिवादी व्यवस्थालाई चुनौती दिन थाले र त्यतिबेला उनको सोच र तरिका पनि विवादले घेरिएको थियो ।

 

१९५९ मा एक नाटकीय मोड आयो, जब रुपर्टको अखबारले रूपर्ट म्याक्सवेल स्टुअर्ट नामको मूल निवासीको पक्षमा रिपोर्ट गर्यो । यो व्यक्ति ९ वर्षीया बालिकाको हत्या गरेको अभियोगमा दोषी ठहर भएको थियो । रुपर्टको अखबारले त्यो मुद्दामा सुनवाई निष्पक्ष ढंगले सञ्चालन नभएको रिपोर्ट गर्यो । अखबारको अभियानको नतिजा त्यो व्यक्तिलाई दिइएको मृत्युदण्ड खारेज भयो । तर यो अभियान अन्तर्गत सरकारले रुपर्ट र उनको पत्रिकाको रिपोर्टिङ विरुद्ध मुद्दा दायर गर्यो । सो मुद्धाको सुनुवाइको क्रममा सरकारी वकिलले भडकाऊ हेडलाइन्स बनाउने लगायत अन्य धेरै प्रमाणहरू पेश गरेको बताइएको छ । अन्ततः रूपर्टविरुद्धको आरोप फिर्ता लिइयो र रुपर्टले आफ्नो सम्पादकलाई बर्खास्त गरे ।

 

तर, सत्तामा रहेकाहरूसँग झगडा गर्नुको सट्टा आफ्नो प्रभाव बढाएर सरकारविरुद्ध प्रयोग गर्नु राम्रो हुन्छ भन्ने पाठ यस घटनाबाट उनले सिकेका बताएका थिए । त्यो घटनापछि मात्रै उनले सरकारमा प्रभाव पार्न आफ्नो पत्रिका प्रयोग गर्न थाले । त्यसपछि उनले सिड्नीको मिडिया बजारमा आफ्नो स्थान बनाउन थाले । पछि रुपर्टले कम्जोर अवस्था भएका अखबार प्रकाशन कम्पनीहरू किन्न थाले । यसरी उनले नयाँ बजारमा ठाउँ सृजना गरी किनेका पत्रपत्रिकालाई आफ्नो विचारअनुसार ढालेर नाफा कमाउन थाले । अष्ट्रेलियापछि उनले विदेशमा पनि यो व्यवसायको मोडल अपनाए । अष्ट्रेलियापछि उनको व्यवसाय बेलायतमा फैलियो ।

किङ मेकर 

डेभिड फोल्केनफ्लिक, एनपीआर न्यूजका मिडिया मामिला संवाददाता र पुस्तक ‘मर्डोकको वर्ल्ड – द लास्ट अफ द ओल्ड मिडिया एम्पायर’ का लेखक भन्छन्, रूपर्टको मानिसहरूले पढ्न वा हेर्न चाहेको समाचार प्रकाशित गर्नुपर्छ भन्ने विश्वास थियो । सन् १९६० को दशकमा रुपर्टले बेलायतको समाचारपत्र ‘न्यूज अफ द वर्ल्ड’ किनेका थिए । सनसनीपूर्ण समाचारका कारण यो पत्रिका लोकप्रिय भएको थियो । त्यसपछि उनले ‘सन’ पत्रिका किने । यस पत्रिकामा यौन, अपराध, खेलकुद र मनोरञ्जनका समाचारलाई बढी जोड दिइन्छ । योसँगै बेलायती समाजका माथिल्लो वर्गका मानिसहरूका घोटालाहरूको पनि चर्चा गर्ने गर्दछ । यस अखबारको मूल मन्त्र भनेको मानिसहरूले पढ्न चाहेको कुरा उनीहरूलाई सेवा दिनुपर्छ भन्ने हो ।

 

१९७० मा, रुपर्टले अमेरिकाको मिडिया संसारमा आफ्नो खुट्टा स्थापित गर्न थाले । त्यहाँ उनले पहिले सान एन्टोनियो एक्सप्रेस न्यूज अखबार र त्यसपछि न्यु योर्क पोस्ट किने । त्यसपछि उनी टेलिभिजन कम्पनीतिर लागे । १९८५ मा, उनले ट्वान्टीथ सेन्चुरी फक्सको फिल्म उत्पादन इकाई खरिद गरे र त्यसपछि धेरै टेलिभिजन कम्पनीहरू किने जुन पछि फक्स नेटवर्क भनेर चिनिन थाल्यो ।

 

त्यसपछि उनले अमेरिकी फुटबल एनएफएल खेलहरू प्रसारण गर्ने अधिकारहरू किने, जुन एक लाभदायक सम्झौता साबित भयो । फक्स न्यूज १९९६ मा बजारमा प्रवेश गर्यो । यस अवधिमा रुपर्टले बेलायतमा द टाइम्स र सन्डे टाइम्स पत्रिकाहरू किनेका थिए । यी पहिले स्वतन्त्र अखबारहरू थिए, तर रुपर्टको नियन्त्रणमा आएपछि तिनीहरूको राजनीतिक झुकाव दक्षिणपन्थी भयो । त्यसपछि १९८९ मा रुपर्टले स्काई टेलिभिजन सुरु गरे । यी मिडिया सञ्जालबाट उनीहरूले आर्थिक फाइदा मात्रै पाएनन्, राजनीतिमा आफ्नो प्रभाव पनि बढाए ।

 

उनले प्रधानमन्त्री वा प्रधानमन्त्री पदका दावेदारहरूसँग भेटघाट गरेको बारम्बार देखाइने गर्न थालियो । यी राजनीतिज्ञहरू हजारौं माइलको यात्रा गरी रुपर्टलाई भेट्न न्यूयोर्क आउँदै गरेको देखाइन थालियो । २००७ मा वाल स्ट्रीट जर्नल खरिद गरेर, रुपर्टले अमेरिकी राजनीति र वित्तमा आफ्नो स्थानलाई अझ बलियो बनाए । धेरै सरकारका नेताहरूले रुपर्टलाई खुसी राख्न खोज्न थाले । सरकारहरुले रुपर्टलाई करमा छुट दिनुका साथै उनले उनीहरूका लागि अनुकूल नीति नियमहरू अपनाउन थाले ।

 

२०१६ मा, फक्स न्यूजले डोनाल्ड ट्रम्पको अभियानलाई समर्थन गर्न थाल्यो र अर्को चार वर्षसम्म उनले आफ्नो राष्ट्रपतिको कार्यकालमा डोनाल्ड ट्रम्पलाई समर्थन गर्न जारी राखेको थियो । यस अवधिमा फक्स न्यूजले पनि धेरै नाफा कमाएको बताइन्छ । सन् २०२० मा चुनाव हारेपछि ट्रम्पले मतदानमा धाँधली भएको आरोप लगाएका थिए । फक्स न्यूजले यी आरोपहरू धेरै पटक दोहोर्यायो । यसले फक्स न्यूजको प्रतिष्ठामा चोट पुर्‍यायो र यसले घाटा पनि बेहोर्नुपररेको थियो । अन्ततः, २०२३ मा, उनले आफ्नो लोकप्रिय कार्यक्रमको होस्ट टकर कार्लसनलाई हटाए ।यसपछि उनले कानुनी मामिला मिलाउन ७८ करोड डलर तिर्नुपर्ने भयो । रुपर्टको लागि, यो एक संकेत थियो कि ट्रम्पलाई समर्थन गर्नु उसलाई महँगो महँगो परेको थियो ।

रुपर्टको साम्राज्यको उत्तराधिकारी

रूपर्ट मुर्डोक र उनकी दोस्रो पत्नी बीचको १९९९ मा सम्बन्ध विच्छेद हुदा एक ट्रस्ट सिर्जना गरे जसमा उनको मिडिया साम्राज्य न्यूज कर्पोरेशन र फक्स कर्पोरेशनको बोर्डमा भोटिङ अधिकारको चालीस प्रतिशत उनका चार छोराछोरीहरूमा बाँडिएको थियो । तर त्यसयता धेरै परिवर्तन भएको छ । किनभने रूपर्टका तीन नयाँ पत्नीहरू बाहेक, थप दुई बच्चाहरू पनि थपिएका छन् । अब रुपर्ट ट्रस्टको नियम परिवर्तन गर्न चाहन्छन् र भोटिङको अधिकार चार सन्तानमा बाँड्नुको सट्टा सबै अधिकार आफ्नो जेठो छोरा लाचलान मुर्डोकलाई मात्र दिन चाहन्छन् । यसका लागि उनले नेभाडाको एक अदालतमा निवेदन दिएका छन् ।

 

लचलान मुर्डोकले मिडिया कम्पनीहरूलाई पहिल्यै नियन्त्रणमा राखेको बताइन्छ । यदि उनले यी कम्पनीहरू सञ्चालन गर्ने पूर्ण प्रशासनिक अधिकार भएको भए आफ्नो रणनीतिलाई अझ राम्ररी लागू गर्न र कम्पनीहरूलाई फाइदा पुर्‍याउन सक्ने बताइएको छ ।  रूपर्टका छोरीहरू प्रुडेन्स र एलिजाबेथ मिडिया साम्राज्यको सम्पादकीय झुकावसँग सहमत छैनन् । उही समयमा, लचलानका कान्छो भाइ जेम्स मुर्डोकले पनि फक्स न्यूजको सम्पादकीय प्रवृत्तिसँग असन्तुष्टिको कारणले फक्स न्यूजबाट राजीनामा दिएका थिए । तर सत्य यो पनि हो कि यो दक्षिणपन्थी प्रवृत्तिका कारण यी मिडिया कम्पनीहरूले नाफा कमाउन थालेका छन् । यदि यी कम्पनीहरूको राजनीतिक कभरेज परिवर्तन भयो भने, यसले कम्पनीको मूल्यमा गिरावट ल्याउने पनि बताइन्छ ।

 

तिनीहरूको लोकप्रियता कम हुनेछ, जसले विज्ञापन राजस्व कम हुने छ । यदि फक्स नेटवर्कको कभरेज जेम्स मुर्डोकको इच्छा अनुसार मोडरेट गरिएको थियो भने, कम्पनीले घाटा भोग्ने बताइन्छ ।यो तर्क रुपर्टले अदालतमा गरिरहेका छन् । रुपर्टका छोराछोरीहरूमा विचारधाराको भिन्नता छ, तर यदि यो मुद्दा अदालतमा पुग्यो भने, यसले कम्पनीको व्यवसायमा नकारात्मक असर गर्ने निश्चित छ ।

 

मिडिया कम्पनीहरूको मुद्दा अदालतमा पुग्यो भने यसले कम्पनीको काममा अराजकता सिर्जना गर्छ र कम्पनीलाई नोक्सान पुर्‍याउँछ किनभने यसले लगानीकर्ताहरूको हात फिर्ता हुने छ । यस मामिलामा अदालतको निर्णय पछि, रुपर्टको  परिवारका यी सदस्यहरूले यो विषयलाई थप तान्नुको सट्टा यसलाई स्वीकार गर्नेछन् र यो विवादलाई पूर्ण विराम लगाएर अगाडि बढ्ने विश्वास गरिएको छ ।

साम्राज्यको भविष्य

न्युज कर्प र फक्स कर्पोरेशनको भविष्यले कम्पनीहरू चलाउन लाचलान मुर्डोकले पूर्ण मतदान नियन्त्रण पाउँछ कि हुँदैन भन्ने कुरामा निर्भर हुने बताइन्छ । यो स्पष्ट छ कि रूपर्ट मुर्डोकले आफ्नो मन परिवर्तन गरिसकेका छन् र अब उनी लाचलानलाई न्यूज कर्प र फक्स कर्पको अध्यक्ष र सीईओको रूपमा नियुक्त गर्न चाहन्छन् ताकि उनले यो मिडिया साम्राज्यलाई अर्को चरणमा लैजान सकून् ।

 

रुपर्ट लामो समयदेखि लाचलानसँग काम गर्दै आएका छन् र उनलाई विश्वास गर्छन् । उनी आफ्ना अन्य छोराछोरीहरू लाचलनको विरुद्धमा लडाउन चाहँदैनन् । तर उनको यो कदमले पक्कै पनि उनका छोराछोरीहरूबीच असन्तुष्टि भने पैदा गरेको छ ।

 

सैद्धान्तिक रूपमा लाचलानले आफ्ना भाइबहिनीहरूको मतदान अधिकार किन्न सम्भव हुन सक्छ । तर धेरै मानिसहरू यसमा संलग्न छन् र यसको लागि धेरै पैसा चाहिन्छ । मुर्डोक भाइबहिनीहरूबीच सम्झौताको लागि वार्ता भइरहेको अफवाह पनि छ । यसले पैसाको बदलामा लाचलानले आफ्ना भाइबहिनीहरूको मतदान अधिकार प्राप्त गर्ने विकल्पको बारेमा पनि छलफल भैरहेको पनि चर्चा छ । यसका लागि उनीहरूलाई कति पैसा चाहिन्छ भन्न भने गाह्रो रहेको छ ।

 

रूपर्टले केही समय राजनीतिमा ठूलो भूमिका खेले । तर अहिले मानिसहरू, विशेष गरी युवाहरूले पत्रपत्रिका पढ्न कम गरेका छन्, जससँगै त्यो युगको अन्त्य हुँदैछ । अहिले पत्रपत्रिकाको ठाउँमा नयाँ मिडिया आएका छन्, जसको प्रभाव बढी छ । मलाई लाग्छ इन्टरनेटको नयाँ संसारमा उस्तै भूमिका अरू कसैले खेल्न सक्नेछैन ।

 

चालीस वा पचास वर्ष उमेर समूहका मतदातामा परम्परागत सञ्चारमाध्यमले केही प्रभाव पारेको भए पनि अहिले त्यो प्रभाव पहिलेको जस्तो छैन । मुर्डोक साम्राज्यको उत्तराधिकारी छनोट गर्ने सवाल छ, रूपर्ट मुर्डोक लाचलानलाई छनोट गर्न चाहन्छन्, तर अब प्रश्न यो छ कि अदालतले उनलाई त्यसो गर्न अनुमति दिन्छ या दिदैंन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

धनुषा, मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त हुनुभएको छ ।प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।राष्ट्रिय समाचार समिति (रासस) ...

लिम्चुङबुङ उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै

गाईघाट (उदयपुर), यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।   पाँच वर्षयता प्रत्येक घरका कृषकले २००...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शैक्षिक गुणस्तर सुधारमा अब्बल बन्दै कृष्णपुरको नन्द मावि

कञ्चनपुर, कृष्णपुर नगरपालिका–३, देखतभूलीस्थित नन्द माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारलाई मुख्य एजेण्डा बनाएर नमुना विद्यालयका रूपमा स्थापित गर्ने अभियान अघि बढाएको छ । विद्यालयले ‘हामी बनाउँछौँ विद्यालय’ भन्ने नारासहित शिक्षक, विद्यार्थी र समुदाय सबैलाई सहभागी गराउँदै सकारात्मक रूपान्तरणको नमुना प्रस्तुत गरेको छ । विद्यालयले हालै...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९