नेप्सेमा ११ अंकको गिरावट, ७ अर्बको कारोबार

काठमाडौँ । मंगलबार नेप्से परिसूचक ११ अंकले घटेको छ । आज नेप्से ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा बन्द भएको छ ।आज कुल ३१२ कम्पनीका एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर किनबेच हुदा ७ अर्ब ८५ करोड ९७ लाख बराबरको कारोबार भएको थियो ।आज गुँरास लाघुवित्त र मेन्छीयाम हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज गुडविल फाइनान्सको शेयर मुल्य सबै भन्दा बढी ९.३६ प्रतिशतले घटेको छ ।त्यस्तै आज सबैभन्दा बढी गुडविल फाइनान्सको २९ करोड २८ लाख ६१ हजार बराबरको कारोबार भएको छ भने आँखु खोला जलविद्युतको सबैभन्दा बढी ११ लाख ९८ हजार ६४० कित्ता शेयर कारोबार भएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१