एनपीएलको प्रसारण स्टारस्पोर्ट्समा किन हुनु हुदैन ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रशारण भारतीय टिभी नेटवर्क स्टार स्पोर्ट्समा गर्ने चर्चा चलिरहेको छ ।मङ्सिर १५ गतेदेखि टियु मैदानमा शुरु हुने एनपीएलको पहिलो संस्करणप्रति नेपाली क्रिकेट प्रेमीको उत्साह देखिएको छ । साथै एनपीएलमा सहभागी हुने विदेशी खेलाडीको सूचीले पनि फ्यानहरुमा थप उत्साह थापिरहेको छ । यसैबीच एनपीएलको प्रशारण स्टार स्पोर्ट्सबाट हुने समाचारले त्यो उत्साहलाई थप बढाएको अवस्था पनि छ । तर नेपाल क्रिकेट संघ (क्यान) ले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रशारण गर्दैमा मात्र यसको अन्तर्राष्टियकरण हुने हो त ?

 

 

सबैभन्दा पहिला अहिले एनपीएलका खेलहरु स्टार स्पोर्ट्सबाट क्यानले ठुलो रकम तिरेर गर्न खोजिएको भनिएको छ । एनपीएल ब्राण्डलाई अन्तर्राष्ट्रियकरण गर्न र विश्व क्रिकेटलाई नेपालको लिग देखाउन यसो गर्न लागिएको क्यानको दलिल छ ।

 

 

सामान्यतया क्रिकेटको खेल प्रसारणको लागि टिभी च्यानलहरुले ठुलो रकम तिर्ने गर्दछन् र च्यानल वा एजेन्सीले विज्ञापन उठाएर राम्रो नाफा पनि गर्दछन । तर क्यान भने उल्टो बाटोमा गएको जस्तो देखिएको छ । एनपीएलका खेल स्टार स्पोर्ट्समा करोडौं तिरेर प्रशारण गर्दा त्यसले नेपाली टेलिभिजन र स्थानीय विज्ञापन एजेन्सी तथा स्थानीय विज्ञापनदाताको उपेक्षा गरेको देखिएको छ । स्टारस्पोर्ट्सले एनपीएल प्रशारण गर्ने भएमा स्थानीय विज्ञापनदाताले विज्ञापन गर्न सक्ने अवस्था नै नहुने एक विज्ञापन एजेन्सीका संचालक बताउछन् । स्टार स्पोर्ट्समा विज्ञापनदर महँगो हुने र उसले प्रसारणबापत पैसा पाउने हुनाले विज्ञापनप्रति कुनै चासो नै नलिने दाबि नेपाली विज्ञापन एजेन्सीहरुको दाबि रहेको छ ।

 

 

एनपीएल हुने खबरले नेपालमा क्रिकेटको क्रेजलाई क्यास गर्न विज्ञापन क्षेत्र पनि उत्साहित भइरहेको अवस्थामा क्यानले स्टारस्पोर्ट्सको विषय ल्याएर सबैलाई निरुत्साहित गरेको विज्ञापन क्षेत्रको बुझाइ छ । नेपाली क्रिकेटलाई अहिलेसम्म सहयोग र समर्थन गरिरहेको नेपाली विज्ञापन क्षेत्रका लागि एनपीएलमा अवसर गुमेमा दुर्भाग्य हुने बताउछन् ।

 

 

तर अहिलेसम्म क्यानले स्टार स्पोर्ट्ससँग हुनसक्ने डिल बारे स्पष्ट भने पारेको छैन ।नेपालमै प्राय अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट खेलहरुको  खासगरि, हिमालयन र कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको र गुणस्तरमा पनि पछिल्लो समय व्यापक सुधार गरेको अवस्थामा विदेशी च्यानलमा किन जान लागियो भन्ने प्रश्न व्यवसायीहरुले उठाएका छन् ।

 

 

अर्कोतर्फ स्टार स्पोर्ट्सलाई क्यानले करोडौं दिएर प्रसारण गराउने सन्दर्भ कानुनी रुपमा पनि नमिल्ने देखिन्छ । नेपालको खरिद नियमावली अनुसार १० लाख भन्दा बढी रकम खर्च गर्दा ग्लोबल टेन्डर गर्नुपर्ने व्यवस्था क्यानलाई पनि लागु हुने हुनाले यो नमिल्ने देखिएको हो । तर यस सन्दर्भमा क्यानले एनपीएलको कमर्सियल राइट्स ब्रान्ड लजिक प्रालिलाई बेचेको हुनाले स्टार स्पोर्ट्ससँग कसरी क्यानले सम्झौता गर्छ यो हेर्न बाँकी नै छ । ब्रान्ड लजिकले ५ करोड ९२ लाखमा एनपीएलको कमर्सीयल राइट्स खरिद गरेको छ ।

 

 

त्यसैगरी नेपालमा हाल क्लीन फिड लागु रहेकाले स्टार स्पोर्ट्सले यस प्रशारणमा आफ्नो विज्ञापन समेत बजाउन पाउदैन ।अहिलेसम्म एनपीएलको तयारी, फ्रेन्चाईजीको छनौट र खेलाडी अक्सन हुदै हाल विदेशी खेलाडी भित्रिदै गर्दा एनपीएल विवादरहित बनेको छ तर स्टार स्पोर्ट्समा ठुलो रकम तिरेर प्रसारण गर्न खोजेको विषय विवादित हुने देखिएको छ  । यस्तो सम्झौता भएमा क्यान र यसका पदाधिकारीलाई कानुनी झमेलामा समेत पार्ने देखिन्छ ।

 

 

 

एकातिर प्रसारण गर्ने नेपाली च्यानल हुदा हुदै विदेशी ताक्नुले ठुलो रकम विदेशिने मात्र होइन नेपाली च्यानल र दक्षतालाई क्यानले उपेक्षा गरेको अर्थ लाग्ने विज्ञापन क्षेत्रका विज्ञको धारणा रहेको छ । तसर्थ क्यानले रकम तिरेर स्टार स्पोर्ट्समा जानु भन्दा स्थानीय च्यानल र स्थानीय विज्ञापनदाताको सहयोग लिएर गुणस्तरीय प्रसारण गर्नेतर्फ ध्यानकेन्द्रित गर्नु नै नेपाली क्रिकेटको दिर्घकालिन हितमा हुने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर,  परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले राडीपाखी बुन्ने तालिम सञ्चालन गरेको छ । हराउँदै जान थालेको भेडाको ऊनबाट राडीपाखी बनाउने पुर्खौली सीपको संरक्षण तथा पुस्तान्तरण गर्ने लक्ष्यसहित यो तालिम सञ्चालन गरिएको हो ।   यही माघ ४ गतेबाट...

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : निर्वाचन आचारसंहिता लागू

काठमाडौँ, निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको आयोगले जनाएको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

महिला ‘भलमन्सा’ राजकुमारीको सङ्घर्षपूर्ण कथा

घोडाघोडी (कैलाली),  यहाँको घोडाघोडी नगरपालिका–१० आमखोइया शिविरकी ५१ वर्षीया राजकुमारी चौधरी लगातार ‘भलमन्सा’ चुनिनुभएको पाँच वर्ष पूरा भएको छ । थारु समुदायले हरेक वर्षको माघीका दिन गाउँको नेतृत्व गर्न भलमन्सा चुन्ने गर्छन् । पुरुषप्रधान समाजमा महिलाले नेतृत्व लिनु सजिलो छैन । थारु गाउँमा धेरै...

महिला ‘भलमन्सा’ राजकुमारीको सङ्घर्षपूर्ण कथा

घोडाघोडी (कैलाली),  यहाँको घोडाघोडी नगरपालिका–१० आमखोइया शिविरकी ५१ वर्षीया राजकुमारी चौधरी लगातार ‘भलमन्सा’ चुनिनुभएको पाँच वर्ष पूरा भएको छ । थारु समुदायले हरेक वर्षको माघीका दिन गाउँको नेतृत्व गर्न भलमन्सा चुन्ने गर्छन् । पुरुषप्रधान समाजमा महिलाले नेतृत्व लिनु सजिलो छैन । थारु गाउँमा धेरै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौँ,  वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ । अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिनुभयो । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा  थियो । “अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९