एनपीएलको प्रसारण स्टारस्पोर्ट्समा किन हुनु हुदैन ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रशारण भारतीय टिभी नेटवर्क स्टार स्पोर्ट्समा गर्ने चर्चा चलिरहेको छ ।मङ्सिर १५ गतेदेखि टियु मैदानमा शुरु हुने एनपीएलको पहिलो संस्करणप्रति नेपाली क्रिकेट प्रेमीको उत्साह देखिएको छ । साथै एनपीएलमा सहभागी हुने विदेशी खेलाडीको सूचीले पनि फ्यानहरुमा थप उत्साह थापिरहेको छ । यसैबीच एनपीएलको प्रशारण स्टार स्पोर्ट्सबाट हुने समाचारले त्यो उत्साहलाई थप बढाएको अवस्था पनि छ । तर नेपाल क्रिकेट संघ (क्यान) ले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रशारण गर्दैमा मात्र यसको अन्तर्राष्टियकरण हुने हो त ?

 

 

सबैभन्दा पहिला अहिले एनपीएलका खेलहरु स्टार स्पोर्ट्सबाट क्यानले ठुलो रकम तिरेर गर्न खोजिएको भनिएको छ । एनपीएल ब्राण्डलाई अन्तर्राष्ट्रियकरण गर्न र विश्व क्रिकेटलाई नेपालको लिग देखाउन यसो गर्न लागिएको क्यानको दलिल छ ।

 

 

सामान्यतया क्रिकेटको खेल प्रसारणको लागि टिभी च्यानलहरुले ठुलो रकम तिर्ने गर्दछन् र च्यानल वा एजेन्सीले विज्ञापन उठाएर राम्रो नाफा पनि गर्दछन । तर क्यान भने उल्टो बाटोमा गएको जस्तो देखिएको छ । एनपीएलका खेल स्टार स्पोर्ट्समा करोडौं तिरेर प्रशारण गर्दा त्यसले नेपाली टेलिभिजन र स्थानीय विज्ञापन एजेन्सी तथा स्थानीय विज्ञापनदाताको उपेक्षा गरेको देखिएको छ । स्टारस्पोर्ट्सले एनपीएल प्रशारण गर्ने भएमा स्थानीय विज्ञापनदाताले विज्ञापन गर्न सक्ने अवस्था नै नहुने एक विज्ञापन एजेन्सीका संचालक बताउछन् । स्टार स्पोर्ट्समा विज्ञापनदर महँगो हुने र उसले प्रसारणबापत पैसा पाउने हुनाले विज्ञापनप्रति कुनै चासो नै नलिने दाबि नेपाली विज्ञापन एजेन्सीहरुको दाबि रहेको छ ।

 

 

एनपीएल हुने खबरले नेपालमा क्रिकेटको क्रेजलाई क्यास गर्न विज्ञापन क्षेत्र पनि उत्साहित भइरहेको अवस्थामा क्यानले स्टारस्पोर्ट्सको विषय ल्याएर सबैलाई निरुत्साहित गरेको विज्ञापन क्षेत्रको बुझाइ छ । नेपाली क्रिकेटलाई अहिलेसम्म सहयोग र समर्थन गरिरहेको नेपाली विज्ञापन क्षेत्रका लागि एनपीएलमा अवसर गुमेमा दुर्भाग्य हुने बताउछन् ।

 

 

तर अहिलेसम्म क्यानले स्टार स्पोर्ट्ससँग हुनसक्ने डिल बारे स्पष्ट भने पारेको छैन ।नेपालमै प्राय अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट खेलहरुको  खासगरि, हिमालयन र कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको र गुणस्तरमा पनि पछिल्लो समय व्यापक सुधार गरेको अवस्थामा विदेशी च्यानलमा किन जान लागियो भन्ने प्रश्न व्यवसायीहरुले उठाएका छन् ।

 

 

अर्कोतर्फ स्टार स्पोर्ट्सलाई क्यानले करोडौं दिएर प्रसारण गराउने सन्दर्भ कानुनी रुपमा पनि नमिल्ने देखिन्छ । नेपालको खरिद नियमावली अनुसार १० लाख भन्दा बढी रकम खर्च गर्दा ग्लोबल टेन्डर गर्नुपर्ने व्यवस्था क्यानलाई पनि लागु हुने हुनाले यो नमिल्ने देखिएको हो । तर यस सन्दर्भमा क्यानले एनपीएलको कमर्सियल राइट्स ब्रान्ड लजिक प्रालिलाई बेचेको हुनाले स्टार स्पोर्ट्ससँग कसरी क्यानले सम्झौता गर्छ यो हेर्न बाँकी नै छ । ब्रान्ड लजिकले ५ करोड ९२ लाखमा एनपीएलको कमर्सीयल राइट्स खरिद गरेको छ ।

 

 

त्यसैगरी नेपालमा हाल क्लीन फिड लागु रहेकाले स्टार स्पोर्ट्सले यस प्रशारणमा आफ्नो विज्ञापन समेत बजाउन पाउदैन ।अहिलेसम्म एनपीएलको तयारी, फ्रेन्चाईजीको छनौट र खेलाडी अक्सन हुदै हाल विदेशी खेलाडी भित्रिदै गर्दा एनपीएल विवादरहित बनेको छ तर स्टार स्पोर्ट्समा ठुलो रकम तिरेर प्रसारण गर्न खोजेको विषय विवादित हुने देखिएको छ  । यस्तो सम्झौता भएमा क्यान र यसका पदाधिकारीलाई कानुनी झमेलामा समेत पार्ने देखिन्छ ।

 

 

 

एकातिर प्रसारण गर्ने नेपाली च्यानल हुदा हुदै विदेशी ताक्नुले ठुलो रकम विदेशिने मात्र होइन नेपाली च्यानल र दक्षतालाई क्यानले उपेक्षा गरेको अर्थ लाग्ने विज्ञापन क्षेत्रका विज्ञको धारणा रहेको छ । तसर्थ क्यानले रकम तिरेर स्टार स्पोर्ट्समा जानु भन्दा स्थानीय च्यानल र स्थानीय विज्ञापनदाताको सहयोग लिएर गुणस्तरीय प्रसारण गर्नेतर्फ ध्यानकेन्द्रित गर्नु नै नेपाली क्रिकेटको दिर्घकालिन हितमा हुने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

कर्णाली,  गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि...

‘देशको अवस्था परिवर्तन गर्न नागरिक योगदानको खाँचो’

काठमाडौँ,  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले देशको अवस्था परिवर्तन गर्न नागरिकले योगदान गर्नुपर्ने समय आएको बताउनुभएको छ ।काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा निर्वाचित भएपछि तारकेश्वर नगरपालिका–४ लोलाङमा आज स्थानीयसँग सक्षात्कार गर्दै उहाँले सक्षम नागरिकले आफ्नो सक्रिय भूमिका निर्वाह गरेर राष्ट्र निर्माणमा योगदान...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी,  म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन,  जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना अझै फर्किएका छैनन् । ती मध्ये ११ जना भारतीय नागरिक छन् ।यस कारागारबाट भदौ २४ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थिए । ती मध्ये ६४३ जना फर्किसकेका छन् । कतिपय आफैँ...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९